‘वीरविक्रम २’ मा पलकोे इन्ट्री

काठमाडौं । केही दिन अगाडि ब्यान्ड बाजा बजाएर सिनेमा ‘वीरविक्रम २’ मा भित्र्याइएका आकाश अन्ततः सिनेमाबाट आउट भएका छन् । पारिवारिक समस्याका कारण फिल्मलाई समय दिन नसक्ने बताएपछि आकाश सिनेमाबाट आउट भएका हुन् ।

आकाश बाहिरिएसँगै उनको स्थानमा पल शाहले इन्ट्री गरेका छन् । आकाशले निर्वाह गर्न छानिएको भूमिका अब पलले निभाउने भएका छन् । निर्माण पक्षले सोमबार प्रेस विज्ञप्ति निकाल्दै हजुरबुबा बिरामी भएका कारण सिनेमालाई आकाशले समय दिन नसकेको बताएको छ ।

आकाशलाई छाड्नु पर्दा दुःख लागेको बताउँदै हजुरबुबाका शीघ्र स्वास्थ्य लाभको कामना र आकाशसँग अर्को सिनेमामा सँगै काम गर्ने विश्वाससमेत व्यक्त गरिएको छ । मिलन चाम्सको निर्देशन र निर्माणमा बन्न लागेको यो सिनेमा मंसिर ३ गतेदेखि छायांकनमा जाने भएको छ । सिनेमामा पल शाह, नाजिर हुसेन र वर्षा शिवाकोटीको प्रमुख भूमिका रहने छ ।

प्रतिक्रिया