पौड्यालले ल्याए ‘सगरसम्म लम्क’

काठमाडौं । साहित्यकार महेश पौड्यालले गीतमार्फत घर छाडेर हिँडेका सन्तानलाई घर फर्कन आह्वान गरेका छन् । हाइलाइट्स नेपालमार्फत भिडियोसहित सार्वजनिक गरिएको एल्बमको यही शीर्षक गीत गाउँको घरमा छाडिएका बाबुआमाको दृष्टिविन्दुबाट लेखिएको छ ।

सहर पसेर घर बिर्सिने सन्तानलाई घर र बाबुआमाको सम्झना आउँछ कि आउँदैन भनी गीतमा प्रश्न गरिएको गीतकार पौड्यालले बताए । गीतमा मुम्वइमा रहेका दिनेश पौड्यालको संगीत तथा युवा गायक सुरेश लामाको आवाज छ । देवेन्द्र नेवाले संगीत संयोजन गरेको गीतको भिडियोलाई अनिल खतिवडाले निर्देशन गरेका छन् ।

विक्रम सापकोटाको मुख्य अभिनय रहेको भिडियोको छायांकन राजाराम गिरी र ठाकुर अधिकारीले गरेका छन् । गीत र भिडियोका निर्माता प्रेम सापकोटा हुन् ।

प्रतिक्रिया