नवलपरासीमा बस दुर्घटना, २५ घाइते ३ गम्भीर

काठमाडाैं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस नवलपरासीको अमरापुरीमा दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । बस गैँडाकोट नगरपालिका अमरापुरीमा सोमबार बिहान २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । गम्भीर घाइते हुनेमा दाङ घोराहीका २८ वर्षीय होमबहादुर पोखरेल, १ वर्षका युनिस बिक र दाङ तुल्सीपुरकी २४ वर्षीया लक्ष्मी बस्नेत छन् ।

दाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३९७३ नम्बर को बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटना पछि बस चालक फरार रहेकाले उनको खोजि भइरहेको प्रहरीले जनाएको छ । घाइतेको नयाँ मेडिकल र पुरानो मेडिकलमा उपचार जारी छ ।

प्रतिक्रिया