नाफा बढे पनि प्रतिसेयर आम्दानी घट्दो

अहिले वाणिज्य बैंकहरूले आआफ्नो वार्षिक प्रतिवेदन वासलात प्रकाशित सार्वजनिक गरिसकेका छन् । सार्वजनिक भएका तथा गरेका सबैजसो बैंकहरूको नाफा वृद्धि भएको देखिन्छ । सबैजसो बैंकहरूले गत वर्षभन्दा यस वर्ष नाफा वृद्धि गरेको देखिन्छ ।

तर, कम्पनीहरूको नाफा वृद्धि भए पनि प्रतिसेयर आम्दानी भने घटेको देखिन्छ । बैंकहरूले पुँजी वृद्धिको अनुपातमा नाफा आम्दानी बढाउनमा भने असफल भए । पुँजी वृद्धिको अनुपातमा नाफा बढाउन नसकेका कारणले बैंकहरूको नाफा बढे पनि प्रतिसेयर आम्दानी घटेको हो भन्दा पनि फरक नपर्ला ।

नेपाल राष्ट्र बैंकले ०७१-७२ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्त कम्पनीहरूलाई आआफ्नो चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो । वाणिज्य बैंकहरूले ०७४ असार मसान्तसम्ममा आआफ्नो चुक्तापुँजी ८ अर्ब पुर्याउनुपर्ने थियो । त्यसो त सबैजसो वाणिज्य बैंकहरूले आआफ्नो पुँजी नेपाल राष्ट्र बैंकले तोकिएबमोजिमको पुर्याइसकेको छ । यसले गत वर्षभन्दा समीक्षा वर्षमा ६० करोड कित्ताभन्दा बढी कित्ता सेयर सेयरबजारमा थपिएको सरोकारवालाहरू बताउँछन् ।

तर, लगानीकर्ताहरू भने त्यति थपिएको देखिएन । नयाँ प्रवेश गर्न चाहने लगानीकर्ताहरू पनि सेयर बजारको अहिलेको अवस्थालाई हेरेर प्रवेश गर्न डराइरहेको जस्तो देखिन्छ । धेरैजसो वाणिज्य बैंकहरूले पुँजी ८ अर्ब पुर्याउनका लागि २ सय ३ सय प्रतिशतले पुँजी बढाउन परेको थियो ।

वाणिज्य बैंकहरूले भारी मात्रामा पुँजी बढाउन परेको र पुँजी बढेको अनुपातमा नाफा वृद्धि गर्न नसकेकोले प्रतिसेयर आम्दानीमा कमी आउनु पनि स्वाभाविक हो । यसले भने लगानीकर्ताहरू मारमा परे । लगानीकर्ताहरूले लगानी गरे अनुसारको प्रतिफल पाउन सकेनन् । एक सय लगानी गरेर पाउनुपर्ने प्रतिफल तीन सय लगानी गर्दा पनि पाउन नसकिनेजस्तो देखिएको लगानीकर्ताहरूको भनाइ छ ।

पछिल्लो समय लाभांश घोषणा गरेका कम्पनीहरूको लाभांश गत वर्षको भन्दा कम नै रहेका छन् । धेरैजसो बैंक तथा वित्त कम्पनीहरूको लाभांश यस वर्ष कम हुने देखिन्छ भने यस वर्ष बोनस सेयर दिने कम्पनीहरू पनि कम हुने देखिन्छ भने धेरैजसो कम्पनीहरूले नगद लाभांश मात्र दिने देखिन्छ त्यो पनि गतको भन्दा कम हुने देखिन्छ ।

पुँजी वृद्धि नीतिले वाणिज्य बैंकहरूको पुँजी बढाउनुपर्ने बाध्यताले लगानीकर्ताहरू दोहोरो मारमा परे । एकातिर पुँजी वृद्धिले हकप्रद सेयरमा बाढी नै आयो । यसले लगानीकर्ताहरूलाई पुँजीको जोहो गर्न प¥यो भने अर्कोतर्फ बैंकहरूबाट लाभांश पनि कम पाउने जस्तो देखिए भने अर्कोतर्फ बजारमा सेयरको भाउमा पनि ह्रास आयो ।

पछिल्लो समयमा केही वाणिज्य बैंकहरूको सेयरको भाउ ३ सयभन्दा मुनि रहेको छ । तैपनि, बजारमा बिक्रीको चापले गर्दा सस्तोमा पनि सेयर बिक्री गर्न लगानीकर्ताहरूलाई सकस भइरहेको छ । यसको मुख्य कारण भनेको पुँजी वृद्धि नै हो भन्दा पनि फरक नपर्ला । नेपाल राष्ट्र बैंकका विद्धान् अर्थविद् पदाधिकारीहरूले गर्दा सेयर बजारको यस्तो अवस्था भएको सरोकारवालाहरू बताउँछन् ।

नेपाल राष्ट्र बैकले पुँजी वृद्धिको नीति ल्याउँदा अलिकति भए पनि विवेक पु¥याएको भए लगानीकर्ताहरू र सेयर बजारको अवस्था पछिल्लो समय यस्तो हुने थिएन होला भनेर पनि भन्ने गरेका छन् । त्यसो त बैंक तथा वित्त कम्पनीहरूले पनि राष्ट्र बैंकको निर्देशन भगवान्को प्रसादजस्तो ठानेर टाउकोमा लगाएको जस्तो पनि देखियो यस प्रसादको मूल्य भने लगानीकर्ताहरूले व्यहोर्न पर्यो ।

यदि, नेपाल राष्ट्र बैंकले अलिकति भए पनि बुद्धि पु¥याएको भए सेयर बजारले राम्रो बाटो लिने थियो होला । पुँजी वृद्धि गर्नु भनेको नराम्रो होइन बैंक तथा वित्त कम्पनीहरूले पुँजी बढाउन पनि पर्छ तर कति समयमा कति सम्मको बढाउने विचार गर्नुपर्ने रहेछ । यसमा नेपाल राष्ट्र बैंक चुकेको देखिन्छ ।

त्यसो त बैंक तथा वित्त कम्पनीहरूले पुँजी पु¥याइसकेको पनि छ । यसलाई नेपाल राष्ट्र बैंकले पुँजी वृद्धि नीति सफल भएको पनि मानेको छ होला तर यसले सेयर बजार डामाडोल भयो । लगानीकर्ताहरूले दोहोरो नोक्सानी व्यहोर्नु पर्यो । भने कम्पनीहरूलाई पनि पुँजी वृद्धि गर्न निकै चुनौतीहरूको सामना गर्नु पर्यो होला भने प्रतिसेयर आम्दानी घटेको कारणले लगानीकर्ताहरूको आक्रोशको पनि सामना अबको वार्षिक साधारणसभाहरूमा गर्नुपर्ने देखिन्छ ।

अहिले बैंक तथा वित्त कम्पनीहरूबाट कम लाभांश पाउने र बोनस सेयरभन्दा नगद लाभांश मात्र पाउने हो कि भनेर पनि लगानीकर्ताहरूमा निरासजस्तै देखिन्छ । धेरैजसो सेयर धनीहरूकोमा नगद लाभांशभन्दा पनि बोनस सेयरको आश हुँदो रहेछ । त्यसो त दोस्रो बजारका लगानीकर्ताहरूमा बोनस सेयरको त्यति आश नभए पनि प्राथमिक बजारका सेयर धनीहरूलाई भने धेरैजसो बोनस सेयरको आश हुँदो रहेछ ।

पछिल्लो समयमा बजार खस्किँदो अवस्थामा हुनु र कम्पनीहरूको प्रतिसेयर आम्दानी घट्नु सेयरको मूल्य घट्नु बजारमा बिक्रीको चाप बढ्नु र मागभन्दा बढी आपूर्ति बढ्नु सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण नबढ्नुलाई अधिकांशले पुँजी वृद्धिलाई मानेका छन् । नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको नीतिले गर्दा कम्पनीहरूले वर्षमा दुई-तीन पटकसम्म पनि हकप्रद सेयरहरू जारी गरेका थिए ।

हकप्रद सेयरको कारणले लगानीकर्ताहरूसँग सेयरको थुप्रो नै भयो लगानीकर्ताहरूसँग सेयरको थुप्रोको कारणले लगानीकर्ताहरू सेयर खरिद गर्नभन्दा बिक्री गर्नतिर लागेका कारणले बजारमा मागभन्दा आपूर्ति बढ्न गयो । जसका कारणले पछिल्लो समय सेयरको भाउ घटेको सरेकारवालाहरू बताउँछन् । अहिले पनि बजारमा सेयरको भाउ अलिकति मात्रमा बढे पनि नेप्से अलि उकालो लागे पनि बजारमा सेयरको बिक्री चाप ह्वात्तै बढ्ने हुन्छ । जसका कारणले नेप्से बढ्न सकिरहेको छैन ।

त्यसो त नेप्से घट्ने बढ्नेमा विभिन्न कारणहरू हुन सक्छन् । यसलाई राज्य सरकार नियामक निकायहरूले यसको समाधान निकाल्नुपर्ने हुन्छ । तैपनि, पछिल्लो समयमा सेयर बजार खस्कनुको कारणलाई नेपाल राष्ट्र बैंकले बाध्यतावश थुपारेको पँुजी वृद्धिको नीतिलाई नै मान्छन् सरोकारवालाहरू ।

तर, अबको दिनमा भने सेयर बजारले राम्रो बाटो लिने देखिन्छ । सबै कम्पनीहरूले पुँजी पुर्याइ सकेकोले अबको दिनमा हकप्रद सेयर जारी हुने देखिँदैन भने सेयर बजारले पनि गति लिएको देखिन्छ । अबका दिनमा लनानीकर्ताहरू ढुक्कसँग लगानी गर्न सकिने वातावरण बनेको छ भन्दा पनि हुन्छ । अबको दिनमा कम्पनीहरूले धमाधम आआफ्नो लाभांश घोषणा गर्ने भएकोले नयाँ प्रवेश गर्न चाहने नव प्रवेशीहरूले पनि निर्धक्कका साथ लगानी गर्ने वातावरण बनेको छ ।

त्यसो त नेप्से घटबढ भए आत्तिनुपर्ने तथा डराउनुपर्ने हुँदैन । सेयर बजारमा नेप्से घटबढ भइरहन्छ । सेयर बजारप्रति सकारात्मक सोच राखेर लगानी गर्नुपर्दछ भने सेयर बजारमा हुने हल्लाहरूको पछि पनि लाग्नु पनि हुँदैन । लगानीकर्ताहरू सेयर बजारमा लगानी गर्दा लगानीकर्ताहरू सचेत र चनाखोचाहिँ हुनुपर्दछ ।

प्रतिक्रिया