सीमा नाकामा नेपालीहरूलाई समस्या

दार्चुला । नेपाल–भारत सीमा नाकामा समान ढुवानीमा नेपालीहरूलाई असहज हुने गरेको छ ।

नेपालीहरूको मुख्य बजार क्षेत्र भारत भएकाले भारतबाट समान ढुवानीका लागि सीमा नाकाहरूमा निकै असहज हुने स्थानीयहरूको गुनासो छ । केही वर्षअघि निर्माण गएिको व्यास गाउँपालिका–५ धौलाकोटको तिग्रम पुल घाटमा विभिन्न सामग्रीहरू आयातमा समस्या हुने गरेको छ ।

नेपाली बजार क्षेत्रभन्दा भारती बजार क्षेत्र दुहू क्षेत्रका नागरिकहरूलाई नजिक पर्ने भएकाले भारतबाटै किनमेल गर्ने गरेका छन् । यसरी भारतबाट किनेको समानहरू ढुवानी गर्दा तिग्रम पुल घाटमा भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेको व्यास गाउँपालिका वडा नम्बर ५ का द्रोपती भट्टले बताए ।

धौलाकोटबाट जिल्ला नजिकको नेपाली बजार जिल्ला सदरमुकाम खलंगा क्षेत्र पुग्ने बाटोको समेत अभाव भएकाले भारतीय बाटो प्रयोग गर्नु पर्ने त्यस क्षेत्रका नागरिकहरूको बाध्यता छ । भारतीय बाटो प्रयोग गरी दैनिक उपभोग्य सामग्रीहरू ढुवानी गर्न समेत समस्या हुने गरेको स्थानीय भट्टको गुनासो छ ।

सीमा नाका दैनिक उपभोग्य सामग्रीहरू पनि ढुवानी गर्न समस्या भएपछि त्यस क्षेत्रका स्थानीयहरू समस्यामा परेका छन् । चिनी १ केजी भन्दा बढी आयात गर्न नदिने व्याँस गाउँपालिका वडा नम्बर ६ हुतीका स्थानीय मानसिँह खातीले बताए । भारतीय सुरक्षाकर्मीले १ किलो भन्दा बढी चिनि आयात गरेमा बिल माग्ने गरेको छ ।

तर व्यापारीहरूले २ किलो चिनीको बिल दिन नमान्दा सर्वसाधारणहरू दोहोरो मर्कामा परेका छन् । नेपाली बजारबाट किनेको सामग्रीहरू पनि भारतीय बाटो प्रयोग गरी ढुवानी गर्नुपर्ने बाध्यता दुहूँका स्थानीयहरूको बाध्यता भएकाले पनि भारतबाटै ढुवानी गर्ने गरेका छन् ।

भारतीय सुरक्षाकर्मीहरूले सामग्री ढुवानीमा कडाइ गरेपछि स्थानीयहरूलाई सामग्री ढुवानीमा समस्या भएको छ । एक बोरा चामल समेत लग्न नदिने, १ केजी भन्दा बढी चिनी ढुवानी गर्न भारतीय सुरक्षाकर्मी एसएसबीले नदिने स्थानीयहरूको भनाइ छ ।

बजार क्षेत्र टाढा भएकाले बजार आएको वेला स्थानीयहरूले केही दिनका लागि पुग्ने गरी घरमा चाहिने सामग्रीहरू ढुवानी गर्ने गरेका छन् । तर भारतीय सुरक्षाकर्मीले ढुवानीमा कडाइ गरेपछि स्थानीयहरूलाई समस्या भएको छ । एक किलो चिनी किन्नसमेत भारतीय बजार धारचुला धाउनुपर्ने बाध्यता दुहूँका स्थानीयहरूको छ ।

प्रतिक्रिया