सङ्घीयता कार्यान्वयन सङ्कटमा : नेता खाँण

 

 

 

 

 

 

 

धनुषा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश सरकारलाई अख्तियारी नदिएकाले सङ्घीयता कार्यान्वयन सङ्कटमा परेको बताएका छन् ।

जनकपुरमा आज पत्रकारसँग नेता खाँणले नागरिकको आधारभूत आवश्यक्ता पूरा गर्नसमेत सरकार सफल नभएको बताए । उनले मुलुकमा हत्या, हिंसा बढेको र दोषीलाई सरकारले कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाए ।

सरकार सञ्चालन गर्न बहुमत रहेकै बेला अन्य दललाई सरकारमा सहभागी गराएर दुई तिहाइ पुर्याए पनि संविधान संशोधनको कुरा अघि बढ्न नसक्नु दुखद रहेको खाँणको भनाइ थियो ।

प्रतिक्रिया