कुकुरले अब मलेरिया पत्ता लगाउन सक्ने

लन्डन । ब्रिटेन र गाम्बियाका वैज्ञानिकहरूले कुकुरलाई मलेरिया रोगको पहिचान गर्नमा मद्दत पुग्ने खोज गरिएको बताएका छन् ।

कुकुरलाई संक्रमित व्यक्तिको कपडा सुँघेर मलेरिया रोगका बारेमा पता लगाउनका लागि तालिम दिन सकिने उनीहरूको भनाइ छ ।
ब्रिटेनको डरहम युनिभर्सिटीले केही कुकुरहरूलाई मलेरिया ‘डिटेक्ट’ गर्ने तालिम दिएको छ । मलेरिया जस्ता रोगको रोकथाम र निवारणका लागि जनावरको सहयोग लिन सकिने अपेक्षा गरिएको छ ।

यद्यपि वैज्ञानिकहरूको यो शोध अहिले शुरुआती चरणमा रहेको छ । तर विशेषज्ञहरूले शोधको परिणामबाट बिरामी पता लगाउनका लागि नयाँ तरिकाको विकास हुने दाबी गरेका छन् ।

अध्ययनमा कुनै व्यक्ति पनि लाई मलेरिया हुँदा उसको शरीरको गन्ध केही भिन्नै प्रकारको हुने गरेको भनिएको छ । यस्तो अवस्थामा कुकुरको सहायतामा व्यक्तिको शरीरमा रहेको मलेरियाको संक्रमणको पहचान गर्न सकिने बताइएको छ ।

अमेरिका सोसायटी अफ ट्रापिकल मेडिसिन एण्ड हाइजिनको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको परिणामबाट कुकुरले मलेरिया संक्रमणको पहिचान गर्न सक्ने देखाएको छ । सम्मेलनमा ती कुकुरहरूले १० मध्ये ७ संक्रमित नमुनामा मेलेरियाको संक्रमण रहेको पहिचान गरेका थिए

प्रतिक्रिया