शाहरुख छिरे चिनियाँ बजारमा

एजेन्सी, मुम्बई । बलिउडमा निर्माण गरिएका चलचित्रले पछिल्लो समय चीन बजारमा राम्रो व्यापार गरिरहेका छन् । फरक संस्कृति र विषयमा बनेका भारतीय चलचित्रप्रति चिनियाँ दर्शकको रुचि बढेसँगै बलिउड निर्माताको ध्यान चीनतर्फ गएको छ । अभिनेता आमिर खान र सलमान खानपछि अब शाहरुख खानले पनि चिनियाँ बजारमा प्रवेश गर्दै छन् ।

शाहरुखको पछिल्लो चलचित्र ‘जिरो’ सन् २०१९ मार्च २९ देखि चिनियाँ हलमा प्रदर्शन हुने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार करिब २ सय करोड लगानीमा बनेको उक्त चलचित्रमा शाहरुख फरक भूमिकामा प्रस्तुत हुने भएका छन् ।

उनी होचापुड्काको ‘लभर ब्वाई’ को भूमिका देखिएका छन् भने उनको अपोजिटमा अनुष्का शर्मा र कट्रिना कैफको मुख्य अभिनय छ । बलिउड २१ डिसेम्बरबाट प्रदर्शनमा आउने ‘जिरो’ मा सलमानले मुख्य अतिथिको भूमिका निर्वाह गर्नेछन् ।

प्रतिक्रिया