साफ यू–१५ फुटबल : नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

 

काठमाडौं । साफ यू–१५ फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत शनिवार दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ ।

नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो । प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो ।माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलाादेशसँग २–१ गोल अन्तरले पराजित भयो ।

पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो ।

उक्त प्रतियोगिता अन्तर्गत शनिवार अपराह्न हुने अन्तिम चरणको खेलमा पाकिस्तान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया