गाईपालनको महत्तवाकांक्षी प्रयास

दूध उत्पादनलाई व्यापकता दिने भन्दै सरकारले चीनबाट उन्नत जातका गाई आयात गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारी स्तरमै गण्डकी, प्रदेश–२ र प्रदेश–३ मा एक–एक वटा नमुना गाई फर्म सञ्चालन गर्ने अवधारणासहित उक्त प्रक्रिया अघि बढाइएको हो । यसका लागि ३२ अर्ब रुपैयाँ लगानी गर्ने तयारी छ । उक्त रकम चीन सरकारले ऋणमा उपलब्ध गराउने हो या अनुदानमा ? भन्ने कुरा स्पष्ट हुन सकेको छैन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएका वेला ०७३ मा चीनले कृषिमा लगानी गर्ने इच्छा जनाएपछि गाई फार्मको कुरा उठेको थियो । डेढ महिनाअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको चीन भ्रमणका क्रममा यस विषयमा थप कुरा अघि बढेको थियो । मुख्यमन्त्री गुरुङ स्वदेश फर्कनासाथ गाई आयातका लागि अनुमति दिन संघीय सरकारलाई पत्रचार गरेका थिए । संघीय सरकारले अनुमति दिइसकेको छ । गण्डकी प्रदेशमा मात्रै नभएर प्रदेश २ र ३ मा समेत सरकारी स्तरमा ठूला गाई फर्म सञ्चालन गर्ने निर्णय संघीय मन्त्रिपरिषद्ले गरेको छ । मुस्किलले दैनिक २ लिटर दूध दिने स्थानीय जातका गाई पालन व्यवसाय मुलुकमा करिब करिब लोप भइसकेको छ । उन्नत जातका भैंसीले पनि दैनिक १० लिटरभन्दा बढी दूध दि“दैनन् । चीनबाट आयात गरिने भनिएका उन्नत जातका गाईहरूले दैनिक ३० लिटर दूध दिन्छन् । त्यसैले दुग्ध उत्पादनलाई व्यावसायीकरण गरी किसानको जिवनस्तर सुधार्नका लागि उन्नत जातका गाई पालन भरपर्दो उपाय हो । यस अर्थमा सरकारको यो तयारी सराहनीय छ ।

हरेक किसानको घरमा दैनिक ३० लिटर दूध दिने उन्नत जातको गाई हुने हो भने मुलकमा तत्काल नै गरिबी निवारण हुन्छ । अहिलेको बजार भाउअनुसार ३० लिटर दूधको मूल्य प्रतिलिटर ४० का दरले पनि १२ सय रुपैया“ हुन्छ । दैनिक १२ सय रुपैया“ आम्दानी गर्ने अवस्थामा प्रत्येक किसान परिवार पुग्नु भनेको मुलुकको गरिबी उन्मूलन हुनु हो । हरेक प्रदेशमा सरकारीस्तरबाटै ठूला गाई फार्म सञ्चालन गर्ने हो भने पा“च वर्षभित्र प्रत्येक किसानका घरमा कम्तीमा एक–एक वटा गाई अनुदानमा व्यवस्था गर्न सकिन्छ । तर, उत्पादित दूध बिक्रीको सुनिश्चितता भने सरकारले गरिदिनुपर्छ । यति ठूलो परिमाणमा उत्पादित दूध स्वदेशमा खपत सम्भव हु“दैन । विदेश निर्यातका लागि मूल्यमा प्रतिस्पर्धा गर्नुपर्छ । उत्पादन लागत नै महंगो भयो भने विदेश निर्यात गर्न सकिन्न । अहिले नै आफूले उत्पादन गरेको दूध बिक्री नभएका कारण गाईपालक किसानहरू चिन्तित छन् । सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानले साउन–भदौ महिनामा नेपाली किसानबाट उत्पादित सबै दूध खरिद गर्न सकिरहेको छैन । त्यसैले गाईपालन व्यवसायमा महŒवाकांक्षी योजना सुरु गर्नुअघि उत्पादित दूधको बजार सुनिश्चित गर्नुपर्ने हुन्छ ।

उन्नत जातका गाईपालन व्यवसाय प्राविधिक पनि हो । हुन त नेकपाका अध्यक्ष प्रचण्ड आफै“ कृषि प्राविधिज्ञ हुन् । उनले पर्याप्त अध्ययन गरेरै चीनबाट ठूलो परिमँणमा गाई आयात गर्ने प्रस्ताव अघि सारेका हुन सक्छन् । यदि प्राविधिक पक्षको अध्ययनबिना नै यो महत्वकांक्षी योजना अघि सारिएको हो भने मुलुकका लागि दुर्भाग्य हुनेछ । चीनको फर्ममा पालिएका लैना गाई जहाजमा राखेर नेपाल ल्याउने भनिएको छ । तर, त्यहा“को हावापानी र यहा“को हावापानी नमिल्ने प्राविधिकहरूले जनाएका छन् । हावापानी मिलेन भने दूध उत्पादन नदिने मात्रै होइन गाई नै मर्छन् । ठूलो लगानी बालुवामा पानी हालेसरह हुन्छ । यस विषयमा गम्भीर अध्ययन हुनु जरुरी छ । कृषि विज्ञानले ठूलो फड्को मारिसकेको अवस्थामा गाई नै हवाई जहाजमा बोकेर ल्याउनुभन्दा वीर्य ल्याउ“दा धेरै सस्तो पर्छ । नेपालमै भएका उन्नत जातका गाईहरूलाई कृत्रिम गर्भाधान गराएर बाच्छी उत्पादन गर्दा धेरै नै सस्तो पर्ने र हावापानी नमिल्ने समस्या पनि नहुने कृषि प्रावधिकहरूको तर्क छ । यसका लागि स्वदेशमै ठूलो संख्यामा दक्ष प्राविधिकहरू पनि छन् । यसर्थ, यो महत्वाकांक्षी योजना कार्यान्वयन गर्नुअघि पर्याप्त गृहकार्य जरुरी छ ।

प्रतिक्रिया