नेपालमा विदेशी नामका हिमाल र स्वीटजरल्यान्डमा ‘गोर्खा चुली’ !

आज आफ्नै वरिपरि रहेका र आफ्नै मातृभाषामा आदि–अनादि कालदेखि पुकार्दै आएको आफ्नै सम्पदाहरू, हिमाल, डाँडापाखा, खोलानाला, वनजंगललगायत स्थानहरूको स्थानको नामहरू अरूको भाषामा सुन्नु परेको छ ।

सुन्नु परेको मात्रै होइन, त्यही पराई भाषाको नामलाई नै आफ्नो ठान्नुपर्ने ! बाध्यता पनि आई परेको छ । त्यसैले त आजभोलि ‘चोमोलुङमा’ हिमाललाई ‘चोमोलुङमा’ नामले होइन, ‘सगरमाथा’ र ‘एभरेस्ट’ नामले बढी चिनिन्छ ।

हाम्रो देश नेपालका केही हिमालका नाम विदेशी भाषामा रहेका छन् । त्यसमा पनि धेरैजसो अंग्रेजी भाषामा रहेको देखिन्छ । अंग्रेजी भाषाबाहेक फ्रेन्च, जापानीज, चिनियाँ, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि रहेका छन् । साथै हिन्दू देवीदेवता, केही प्रसिद्ध व्यक्ति, फूल, आदि नामले पनि आदिवासी जनजातिका भाषा रहेका हिमालका नामहरू विस्थापित भएको देखिन्छ ।

जस्तो समुन्द्र सतहदेखि नाप्दा हालसम्म विश्वकै अग्लो मानिएको ‘सगरमाथा’ हिमशिखरकै उदाहरण लिऊँ । उक्त हिमशिखरलाई आदि–अनादि कालदेखि उक्त हिमशिखरको वरिपरि बस्दै आएका (दक्षिणतर्पmका किरातीहरू जस्तै कुलुङ, खालिङ, शेर्पा र उत्तरतैफ (तिब्बती) आदिवासीहरूले चोमोलुङमा भन्थे-भन्छन् ।

तर, त्यो वेला आजको जस्तो सूचना र सञ्चारको जगजगी भएको जमाना थिएन । त्यसैले जति प्रचारप्रसार हुनुपर्ने हो, त्यति प्रचारप्रसार भएन । यसरी आदि–अनादि कालदेखि बस्दै आएका भए पनि कुलुङ, खालिङ, शेर्पालगायत स्थानीयवासीहरूमा शिक्षा र चेतनास्तरमा वृद्धि भएको पनि थिएन ।

फलतः कुलुङ, खालिङ, शेर्पा लगायत आदिवासीहरूले आफ्नो वरिपरि रहेका हिमाल र स्थान नामहरूको नामका सम्बन्धमा चासो लिएनन् । अनि केही दिन वा केही महिनाका लागि हिमालमा घुम्न, हेर्न, खोज–अनुसन्धान गर्न र, सके चढेरै जान आएका नव आगन्तुकहरूले आपूmले बुझ्ने आफ्नै भाषामा नाम राख्दा पनि वास्ता गरेनन् ।

त्यसको परिणाम स्वरूप आज आफ्नै वरिपरि रहेका र आफ्नै मातृभाषामा आदि–अनादि कालदेखि पुकार्दै आएको आफ्नै सम्पदाहरू, हिमाल, डाँडापाखा, खोलानाला, वनजंगल लगायत स्थानहरूको स्थानको नामहरू अरूको भाषामा सुन्नुपरेको छ । सुन्नु परेको मात्रै होइन, त्यही पराई भाषाको नामलाई नै आफ्नो ठान्नुपर्ने ! बाध्यता पनि आइपरेको छ । त्यसैले त आजभोलि ‘चोमोलुङ्मा’ हिमाललाई ‘चोमोलुङ्मा’ नामले होइन, ‘सगरमाथा’ र ‘एभरेस्ट’ नामले बढी चिनिन्छ ।

माथि नै भनियो कि, नेपाली हिमालका नामहरू अंग्रेजी भाषाबाहेक, फ्रेन्च, जापानीज, चिनियाँ, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि रहेका छन् । यहाँ केही त्यस्ता उदाहरणहरू दिइएको छ । पूर्वको कञ्चनजंघा क्षेत्रमा रहेको ‘किराँत चुली’लाई आजभोलि ‘टेन्ट पिक’ भन्ने गरिन्छ ।

हुन त कञ्चनजंघा हिमाललाई पनि लिम्बूहरू आफ्नो मातृभाषामा ‘सेवालुङ’ भन्छन् । त्यस्तै, नेपाली भाषामा कुम्भकर्ण भनिने हिमाललाई लिम्बूहरू ‘फक्ताङलुङ’ भन्छन् । यो हिमाललाई लिम्बूलगायत किरातीहरूले आफ्नो आराध्यदेवको रूपमा पनि पुज्ने-मान्ने गर्छन् । तर, अधिकांश विदेशीहरूले भने उक्त हिमाललाई फक्ताङलुङ वा कुम्भकर्ण नामले भन्दा पनि ‘जान्नु हिमाल’ भनेर चिन्दछन् ।

त्यस्तै, मकालु हिमाललाई कुलुङ जातिले ‘सेसेलुङ’ भनी पुकार्छन् । सगरमाथा क्षेत्रमा पनि केही हिमालको नाम विदेशी भाषामा रहेका छन । जस्तो कि, आइसल्यान्ड पिक, पिक–२९ आदि । उता लाङटाङ र अन्नपूर्ण हिमालमा पनि विदेशी भाषामा हिमालको नाम रहेको छ । गणेश हिमाल क्षेत्रमा पावेल-पाविल नाम दिइएको एक हिमाल छ भने, लाङटाङमा एउटा हिमालको नाम जापानिज पर्वतारोही मोरीमोतोको नाममा ‘मोरीमोतो’ राखिएको छ ।

त्यस्तै अन्नपूर्ण हिमालमा टेन्ट पिक, फ्ल्युटेड पिक, डोम ब्लँ, फिसटेल, बराह शिखर, बुद्ध हिमाल आदि नामका हिमाल छन् । यसरी हेर्दा अंग्रेजी र फ्रेन्च भाषा तथा जापानीज व्यक्ति र भाषा दुवैको नाम एवं नेपालकै विभूति तथा भगवान मानिएका गौतम बुद्ध र हिन्दू देवता बराहको नामहरू मिश्रित रूपमा आएको देखिन्छ ।

उता धवलागिरि हिमशृंखलामा मानापाथी, पुतली, धम्पुस, थापा पिक आदि नाम भएका हिमाल छन् भने मनाङ जिल्ला (पेरी हिमशृंखला) मा ‘रत्नचुली’ नामको हिमाल छ । रत्नचुली तत्कालीन बडामहारानी रत्नको नाममा प्रहरीको टोलीले सर्वप्रथम आरोहण गर्न गएपछि राखेको हो ।

माथि केही नेपाली हिमालका विदेशी नामहरूका सम्बन्धमा छोटो जानकारी दिइयो । अब साँच्चै नेपाली जाति र नेपाली भाषामा रहेका विदेशी हिमाल पनि होला त ? हो, यसबारेमा केही चर्चा गरौँ । किनभने, शीर्षक नै स्वीट्जरल्यान्डमा ‘गोर्खाचुली’ जो राखिएको छ । हुन पनि पहिलो र दोस्रो विश्व युद्धमा बेलायती पक्षबाट लड्दा विभिन्न युद्ध मोर्चामा नेपालीहरूले खासगरी मगर, गुरुङ, लिम्बू, आठपहरिया, याक्खा, बान्तावा, कुलुङ, बाहिङ, जेरो-जेरोङ (यिनीहरूलाई हाल राई ! भन्ने गरन्छ÷राई ! भनेर चिनिन्छ) लगायत किराँतीहरूले देखाएको निडरता र बहादुरीले गर्दा विश्वभरि नै ‘नेपाली भन्नेबित्तिकै गोर्खाली र गोर्खाली भन्ने बित्तिकै नेपाली’ भन्ने पहिचान बन्यो ।

अहिले पनि ‘गुर्खा’ वा ‘गोर्खा’भन्नाले मगर, गुरुङ, लिम्बू, आठपहरिया, याक्खा, बान्तावा, कुलुङ, बाहिङ, जेरो-जेरोङलगायत आदिवासी जनजातिहरूलाई मात्रै नभएर बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, नेवार लगायत समग्र नेपालीलाई नै चिनाउने गरेको छ ।

सन् १९१४–१६ मा भएको पहिलो विश्व युद्धभन्दा २० वर्ष र सन् १९४१–४५ मा भएको दोस्रो विश्व युद्धभन्दा लगभग ४४ वर्ष पहिले नै अर्थात् सन् १८९४ मा नेपालका कुनै पनि हिमाल विदेशीले नचढ्दै नेपालका करवीर बुढाथोकी र हर्कवीर थापाले आल्पस पर्वतमालाको एक हजार माइल चाहारेर स्वीट्जरल्यान्डमा पर्ने एक चुली चढेका थिए ।

सो चुलीको नाम ‘गोर्खाचुली’ (एष्श न्गचपजप) भएको थियो भनी डाक्टर हर्क गुरुङले सर विलियम कनवेको ‘द आल्पस् फ्रम एन्ड टु एन्ड’लाई उदधृत गर्दै ‘विषय विविध’ नामक किताबको पाना नं. ६२ मा लेखेका छन् । यसरी हेर्दा नेपाली जाति वा ट्रेड मार्क ‘गोर्खा’को नाममा स्वीटजरल्यान्ड (विदेश) मा एक हिमालको नाम ‘गोर्खाचुली’ ९एष्श न्गचपजब० भएको-रहेको ज्ञात हुन्छ ।

यसरी नै डाक्टर हर्कं गुरुङले झै अध्ययन अनुसन्धान गर्दै र खोज्दै जाने हो भने अरू नेपाली वीर–वीरंंगनाहरूका नाममा पनि नेपालबाहेकका देशका हिमालका नामहरू राखिएको÷रहेको हुन सक्छ ।

प्रतिक्रिया