निशाको ‘प्रेमबाट’ सार्वजनिक

काठमाडौं । गायिका निशा राईको आवाज रहेको ‘प्रेमबाट’ गीतको भिडियो सार्वजनिक भएको छ । युवायुवतीको प्रेम मनोभावलाई गीतमा समेटिएको छ ।

रेमन राईको शब्द तथा इसान राईको संगीत संयोजनमा रहेको गीतमा प्रेमपछिको बिछोडलाई देखाइएको छ । महेश थापाले एरेन्ज गरेको गीतमा भुपेन्द्र तुम्वाहाम्फेको छायांकन तथा विकास धमलाले सम्पादन गरेका छन् ।

दिनेश मेगमुको निर्देशन बनेको भिडियोमा मिलन क्षेत्री, अशोक लिम्बू, सलिना घिसिङ र माया लामाको अभिनय छ ।

प्रतिक्रिया