काभ्रेमा जीप दुर्घटना, पत्रकारसहित २ को मृत्यु

काठमाडौं । कोभ्रेको मन्डन देउपुर नगरपालिका स्थित ढकाल थोकमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु ४ जना घाइते भएका छन् । बा ३ च २८७ नम्बर को जीप दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते भएका ४ जनालार्इ उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया