शर्मा र पाण्डेलाई पद्मश्री

आख्यान लेखनको विशिष्ट शिल्प रहेको ‘यार’ भित्र लेखकका निजी संस्मरणलाई जीवन्त रूपमा बुनिएको छ । लामा र छोटा गरी २५ वटा संस्मरणलाई सरल भाषामा गहन एवं लोभलाग्दो अभिव्यक्ति संस्मरणमा छ ।

हरेक वर्ष प्रदान गरिँदै आएको ‘पद्मश्री साहित्य पुरस्कार’ वर्षभरी प्रकाशित कृतिमध्ये उत्कृष्टलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । त्यस्तै, ‘पद्मश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृतिका क्षेत्रमा लामो समयसम्म योगदान दिने स्रष्टालाई प्रदान गरिँदै आएको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उनकी आमा हरिकला लामिछानेले संयुक्त रूपमा स्रष्टाद्वयलाई पुरस्कार एवं सम्मान प्रदान गरेका थिए ।

दार्जिलिङबाट प्रकाशित हुने साथी साप्ताहिक पत्रिकामा इलाम शीर्षकको निबन्ध २००८ सालमा छपाएर नेपाली निबन्ध साहित्यमा उदाएका डा. शर्माका सम्पादन तथा लेखनमा हालसम्म ३ सय ३० कृति छन् ।

विगत ६ दशकदेखि शर्माले नेपाली नियात्रा, निबन्ध, समालोचना, आख्यान, अनुवाद र सम्पादनमा विशिष्ट योगदान दिएका छन् । नेपाली भाषा साहित्यमा झर्रोवादी आन्दोलनका एक अभियन्ताका रूपमा समेत परिचित छन् ।

सम्मानित व्यक्तित्व डा. शर्माले उमेरले आफू ८० काटे पनि साहित्य रचनामा कमी नआएको बताए । अर्का पुरस्कृत स्रष्टा पाण्डेले पुरस्कार पाउनु लेखकको जीवनमा सुन्दर घटना होइन, असल कृतिको सिर्जना गर्न सक्नु नै सर्वाधिक सुन्दर घटना भएको धारणा व्यक्त गरे ।

०६२ सालदेखि मोफसलमा प्रकाशित राम्रा कृतिलाई ‘पद्मश्री साहित्य पुरस्कार’ दिँदै आए पनि ०६६ सालबाट देश तथा विदेशबाटसमेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट पुस्तकलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यस्तै, ०६७ सालबाट नेपाली कला, साहित्य, संस्कृति लगायतका क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट व्यक्तित्वलाई ‘पद्यश्री साधना सम्मान’ प्रदान गर्दै आएको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया