रग्बी खेलाडीको बिदाइ


काठमाडौं । ब्रुनाईमा सञ्चालन हुने एसिया रग्बी वुमेन्स सेभेन्स ट्रफ्रीमा सहभागी हुन जाने महिला टोलीलाई नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले बिदाइ गरेका छन् ।

आगामी २० र २१ अक्टोबरमा सहभागी हुन जाने खेलाडीमा कप्तान एलिसा थापा, उपकप्तान सृजना राई, पञ्चमाया श्रेष्ठ, सुनिता तामाङ, सबिना महर्जन, सावित्री पुर्जा, सबिता लुइँटेल, सुजिना गुरुङ, सोनिका तामाङ, नानी तामाङ, अमृता किरात राई र मनिषा थापामगर रहेका छन् ।

त्यस्तै, व्यवस्थापकका रूपमा विनोद तामाङ, प्रशिक्षकमा श्रीलंकाली राधिका हेट्टियाच्ची र फिजियोमा बिनु खड्का पनि त्यसतर्फ  जाँदै छन् । नेपाली टोली १८ तारिखमा बुनाई प्रस्थान गर्नेछ । एसियन १० राष्ट्र नेपाल, भारत, पाकिस्तान, इन्डोनेसिया, फिलिपिन्स, ग्वाम, मलेसिया, लाओस, उज्वेकिस्तान र बु्रनाईले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा नेपालको २० अक्टोबरमा पाकिस्तान र भारतसँग खेल्नेछ ।  विगत ४ वर्षदेखी नेपाल रग्बी राष्ट्रिय पुरुष टिमले ओलम्पिक क्वालिफाईलगायत ३ पटक एसियन प्रतियोगितामा सहभागिता जनाइ सकेको छ ।

नेपाल रग्बी महिला टिमले पनि विगतदेखी नै एसियन प्रतियोगितामा सहभागिता जनाइसकेको छ । सन् २०१६ मा भारतको चेन्नाई तथा २०१७ मा लाओसमा सहभागीता जनाई राम्रो प्रदर्शन गरेको अध्यक्ष घिसिङले प्रेस विज्ञप्तिमार्फ जानकारी गराएका छन् ।

प्रतिक्रिया