कर्मचारीले तलब पाएनन्

सल्यान । सल्यानमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले तलब खान नपाएको बताएका छन् ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीले दसैँको मुखमा आएर तलब खान नपाएको बताएका छन् । यस नगरपालिका अन्तर्गतका कार्यालयमा कार्यरत २ सय २२ जना कर्मचारीले तलब खान नपाएका हुन् ।

चाडपर्वको समयमा आएर तलब नपाएपछि चाडबाड मनाउन समस्या भएको मुक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक नोखराज बिएमले बताए । यहाँका शिक्षकसँगै २ सय २२ जना कर्मचारीले तीन महिनादेखि तलब खाना पाएका छैनन् ।

अहिलेसम्म तलब आउने आसमा थियौँ, तलब नआउने भयो, ऋण काढेर दसँैतिहार मनाउनुपर्ने बाध्यता भयो आक्रोश हुँदै उनले भने, ‘यो वर्षको दसैँ यसै जाने भयो ।’

नगरपालिकाको नगरसभा अहिलेसम्म बस्न नसक्दा यहाँ सामाजिक सुरक्षा भत्ता तथा सुत्केरी भत्तासमेत वितरण हुन सकेको छैन । समयमा नै नगरसभा नबसेका कारण सामाजिक सुरक्षा भत्ता पाउँदै आएका वृद्धवृद्धा, अपांग, एकल महिला सबै निराश बनेका छन् ।

नगरसभा नबसेका कारण दसँै नजिकिँदैँ गर्दा पनि तलब भत्ता निकासा हुन सकेको छैन् । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नोखिराम वलीले नगरसभा सम्पन्न नहुँदा तलबभत्ता खुवाउन नसकिने बताए ।

प्रतिक्रिया