अन्तरिक्षमा जान लागेको यानमा समस्या


मस्को । दुई यात्री बोकेर अन्तरिक्ष केन्द्रतर्फ लागेको अन्तरिक्ष यानको इन्जिनमा समस्या उत्पन्न भएपछि यात्रीहरूको आपत्कालीन अवतरण गरिएको छ । सो अन्तरिक्ष यानमा अमेरिकी निक ह्युग र रुसी अलेसेइ ओचिनिन रहेका थिए ।

नासा र रुसी सञ्चार माध्यमहरूले दुवै सुरक्षित रहेको जनाएका छन् । क्याप्सुल काजखस्तानमा सुरक्षित रूपमा अवतरण भएको बताएको छ । दुवै अन्तरिक्ष यात्रीहरूले आफू सुकुशल अवस्थामा रहेको भन्दै सम्पर्क गरेको बताइएको छ ।

उनीहरूको खोजी तथा उद्धारका लागि अवतरण भएको क्षेत्रमा उद्धारकर्मीहरू जाँदै गरेको बताइएको छ । अन्तरिक्ष केन्द्रका लागि प्रक्षेपण गरिएको रकेटको बुस्टरमा समस्या देखिएको थियो ।

दुवै यात्रीहरूले विभिन्न विज्ञानका प्रयोग गर्नका लागि अन्तरिक्ष केन्द्रमा ६ महिना बिताउने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया