सुशिल र प्रशान्तको रौद्र रूप


काठमाडौं । गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्र ‘रणवीर’ को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार प्रशान्त ताम्राकार र सुशिल सिटौलालाई एक्सन अवतार हेर्न सकिन्छ।

मोसन पोस्टरका लागि खुबै मिहिनेत गरिएको निर्माण पक्षले जनाएको छ । रोमान्स र एक्सनलाई मुख्य विषय बनाएर निर्माण गरिएको यस चलचित्रमा प्रशान्त ताम्राकार, रवि गिरी, सुशिल सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा निर्माता रहेको यो चलचित्रको छायांकन महेश पौडेल, सम्पादन कृष्ण भण्डारी तथा कोरियोग्राफी गम्भीर विष्ट र सुरेन्द्र बसेल रहेको छ । आउँदो १८ माघबाट यो चलचित्र देशव्यापी प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया