नेकपाको जिल्ला कार्यालय उद्घाटन

पाँचथर ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय उद्घाटन गरिएको छ । मंगलबार नेकपाका केन्द्रिय सदस्य डम्बरसिंह सम्वाहम्फेले सो कार्यालयको उद्घाटनगरेका हुन् ।

उद्घाटन भएसंगै नव गठित ८ सदस्यिय जिल्ला कार्यदलले सोही कार्यालयमा बैठक बसी कामसमेत सुरु गरेका छन् । यसअघि तत्कालिन माओवादी र एमालेले आ–आफ्नै कार्यालयमा बसेर पार्टीका काम गर्दै आएका थिए ।

नेकपा कार्यालय पूर्व एमाले बसेको कार्यालयमा रहेको छ । नेता सम्वाहाम्फेले ठूलो पार्टी भएकाले केही नेतामा असन्तुष्टि हुनु स्वभाविक रहेको बताउँदै विस्तारै मिलाउदैं लैजाने आश्वासन दिए ।

केन्द्रको सर्कुलरअनुसार अब तल्ला कमिटीसम्मको एकीकरणको खाका तयार गर्ने र पार्टीलाई चुस्त दुरुस्त बनाउने नेताहरूले बताएका छन् । पाँचथरमा भने तत्कालका लागि कार्यदल सदस्यहरु , डम्बरसिहं सम्बाहाम्फे , हर्क नेम्वाङ , मिक्सो , राजकुमार भण्डारी , होम जवेगु , भुवानी लिङदेन , विशाल रसाइली , तिवेन्द्र राज चापागाई , दिनेश लावती रहेका छन् ।

प्रतिक्रिया