हेइटीमा शक्तिशाली भूकम्प

हेइटी । क्यारिबियन मुलुक हेइटीमा भूकम्प जाँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

दुई लाखभन्दा बढी मानिसहरूको ज्यान जाने गरी सन् २०१० मा हेइटीमा गएको भूकम्पपछिको यो शक्तिशाली भएको बताइएको छ । कैयौँ भवनमा क्षति पुगेको विवरण प्राप्त भएका छन् । राष्ट्रपति जोभ्नेल मोइसले मानिसहरूलाई संयमित रहन आग्रह गरेका छन् ।

सरकारका प्रवक्ता एड्डी ज्याक्सन एलेक्सिसले विपद्को अवस्थासँग जुझ्न एउटा कार्यदल गठन गरिएको बताएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार पोर–ड–पे शहरदेखि करिब १९ किलोमिटर उत्तर–पश्चिममा केन्द्रविन्दु बनाइ शनिबार अबेर राति भूकम्प गएको थियो ।

प्रतिक्रिया