डेब्युमा पृथ्वीको शतक


राजकोट । ओपनर पृथ्वी शले टेस्ट क्रिकेटमा डेब्युमै शतकीय पारी खेलेपछि भारतले वेस्ट–इन्डिजविरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीबार उच्च योगफल तयार गरेको छ । भारतको राजकोटमा शले १ सय ३४ रनको योगदान गरेपछि पहिलो दिनको समाप्तिमा भारतले ८९ ओभरमा ४ विकेट गुमाएर ३ सय ६४ रन जोडेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि १८ वर्षे शले १ सय ५४ बलमा १९ चौका प्रहार गरे । उनी डेब्यु खेलमा शतक बनाउने तेस्रो खेलाडीसमेत बनेका छन् ।  चेतेश्वर पुजाराले ८६ रनको अर्धशतकीय पारी खेल्दा अजिन्का रहानेले ४१ रन जोडे ।

भारतका कप्तान विराट कोहली ७२ रन र रिसब पन्त १७ रनमा क्रिजमा छन् । वेस्टइन्डिजका सनोन गब्रिल, किमो पाउल र देवेन्द्र विश्वले १–१ विकेट लिए । पाहुना वेस्टइन्डिजले भारतसँग २ खेलको टेस्ट, ५ एकदिवसीय र ३ खेलको टी–२० शृंखला खेल्नेछ ।

प्रतिक्रिया