कृष्णको जन्म दर्ता र भगवान भएको प्रमाण माग

मथुरा । छत्तिसगढको एक सूचनाको हकका अभियन्ताले मथुराको जिल्ला प्रशासनसंग कृष्णको जन्म, उनको गाउँ, भगवान भएको र लिलाहरूको सबै जानकारी माग गरेका छन् ।

मथुरा जिल्ला प्रशासनका अधिकारी यो निदेदन देखेर अलमलमा परेका छन् । उनीहरू के जवाफ दिने भनेर अलमलमा परेको बताइएको छ । छत्तिसगढका जैनेन्द्रकुमार गैंदलले निवेदनमा प्श्न गर्दै सोधेका छन् ‘३ सेप्टेम्वरमा भारतभरी श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिएर कृष्णजन्माष्टमी मनाइयो ।

त्यसकारण मलाई भगवान श्रीकृष्णको जन्म दर्ताको प्रमाणित प्रतिलिपी उपलब्ध गराइयोस् ।’ यो प्रमाणले कृष्णको जन्म सोही दिन भएको प्रमाणित हुन सकोस् ।

अर्को कुरा उनले भनेका छन् ‘के उनी साच्चै भगवान थिए ? थिए भने कसरी ? उनी भगवान भएको प्रमाणित प्रतिलिपी पनि उपलब्ध गराइयोस् ।’ गेंदलेले भगवान श्रीकृष्ण कुन गाउँका वासिन्दा थिए ? उनले कहाँ, कहाँ र के के लिला गरे ?’

यस्तो निवेदनले अलमलमा परेका एडिएम रमेशचन्द्रले हिन्दू धर्मका सबैजसो ग्रन्थमा यसको जवाफ पाइने बताउँछन् । पुस्तक तथा ग्रन्थहरूमा कृष्णको जन्म द्वापर युगमा तत्कालिन शौरसेन (जसलाई अहिले मथुरा भनिन्छ) मा भएको उल्लेख छ ।

उनले तत्कालिन शौरसेनका राजा कंसको हत्या गरेर द्वारिका जानुअघि पाइला, पाइलामा अनेक लिला गरेका थिए । धार्मीक आस्थासंग जोडिएको यस्तो प्रश्नको जवाफ के दिने ? भन्ने विचारविमर्श भइरहेको एडिएम रमेशचन्द्रले बताए ।

प्रतिक्रिया