‘अहिंसाको आन्दोलन दिगो हुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दाे हुने बताएका छन् ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औँ गान्धी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको २१औँ शताब्दीको लोकतन्त्र र गान्धी विषयक विचार गोष्ठीमा उनले महात्मा गान्धी भारतीय स्वतन्त्रता संग्रामका शीर्ष पुरुष भएको बताए ।

‘अंग्रेजजस्तो बलियो शक्तिलाई आन्दोलनबाट हटाउन गान्धीको महत्वपूर्ण योगदान रहेको थियो,’ उनले भने । सभापति देउवाले गान्धीले देखाएको बाटोमा ठूला परिवर्तन हुन्छ भन्ने सन्देश नेपालमा भएका परिवर्तनले दिएको उल्लेख गर्नुभयो ।

उनले कांग्रेस नेता स्वर्गीय महेन्द्रनारायण निधि गान्धीवादी नेता भएको भन्दै गान्धीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले गान्धीले चलाएको अहिंसात्मक आन्दोलनमा नेपाली जनताको पनि उत्तिकै साथ र सहयोग रहेको उल्लेख गरे । ‘गान्धीले देखाएको अहिंसा र शान्तिको बाटोमा अहिले भारतीय जनता अगाडि बढेका छन्, उनले भने । नेता निधिले बन्दुकको नालबाट ल्याएको सत्ता लामो समय टिक्न नसक्ने स्पष्ट पारे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले गान्धी बहुआयमिक क्षमताका व्यक्ति भएको बताए । ‘सत्यको पक्षमा कसैसँग नडराउने गान्धीको विशेषता थियो,’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालले हिंसाको विरुद्धमा गान्धीले चालेको कदम महत्वपूर्ण रहेको बताउनुभयो । ‘गान्धीलाई माक्र्सवादको दृष्टिकोणले समेत हेर्न सकिन्छ,’ उनले भने ।

भारतीय जनता पार्टीका प्रवक्ता एवं सांसद तरुण विजयले गरिब, दुःखी र शोषित जनताको पक्षमा उभिने व्यक्ति गान्धी भएको बताए । ‘भारतीय स्वतन्त्रताका सेनानीको ‘रूपमा गान्धीलाई लिन सकिन्छ,’ उनले भने । उनले विश्वेश्वरप्रसाद कोइराला नेपालका लागि गान्धीवादी नेता भएको उल्लेख गरे ।

कांग्रेस आईका सचिव चन्द्रकुमारले गान्धीको आदर्श र सिद्धान्तलाई अहिलेका युवामाझ बुझाउनु जरुरी रहेको उल्लेख गरे । ‘भारतलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउन गान्धीको अतुलनीय योगदान रहेको छ, उनले भने । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी, प्रा, वीणा पौड्याल लगायतले गान्धी भारतको मात्र नेता नभएर विश्वको नेता भएको बताए ।

प्रतिक्रिया