१६ पर्यटकीय स्थल थप्दै शंखरापुर


काठमाडौं । शंखरापुर नगरपालिकाले १६ स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्ने भएको छ । पवित्र शालीनदीसमेत रहेको यस नगरपालिकामा आन्तरिक पर्यटकलाई ल्याउन १६ स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने तयारी अघि बढाएको हो ।

हिन्दू नारीहरूका लागि पवित्र मानिएको शालीनदी क्षेत्रमा श्री स्वस्थानीको मेला भर्न प्रत्येक वर्ष आउने करिब २५ लाख आन्तरिक पर्यटकसहित अन्यलाई लक्षित गरी विकास अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

‘हरेक वर्ष मेला लाग्ने यस स्थानमा अझ बढी पर्यटकको आकर्षण बढाउन हामीले यहाँ रहेका अन्य १६ स्थानलाई तेस्रो नगरसभामार्फत योजनामा अघि बढाएका छाैँ।’ नगरप्रमुख सुवर्ण श्रेष्ठले बताए ।

उनका अनुसार जरसिंहपौवा माउन्टेन एन्ड सन् राइज भ्यू पोइन्ट, झुले शिवपुरी राष्ट्रिय निकुञ्ज, देउराली प्याराग्लाइडिङ, साँखु विश्वम्भरा नगरकोट पैदल यात्रा, कात्तिके हिल स्टेसन, जंगल पदयात्रा सुनटोल, विश्वम्भरा शालिग्राम, चापाबोट पेटकाटे चौर नाङ्ले, ढुंगानागाउँ शिवमन्दिर नाङ्ले, शिलाढुंगा सामुदायिक वन नाङ्ले, मानेगैरो सामुदायिक वन नाङ्ले, सलम्बुदेवी वन क्षेत्र, सेतिदेवी मन्दिर, झोलुंगे पुल, मणिचुड र इन्द्रायणीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी योजना अघि बढेको बताए ।

 

प्रतिक्रिया