१० वर्षिया बालकको हत्या एक पुरुष पक्राउ

दोलखा । शैलुङ गाउँपालीका– ८ भैसेको जंगलमा मृत अवस्थामा फेला परेका बालकको हत्या आरोपमा दोलखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २७ भदौमा भैसे बजारमा जान भनि हिडेका १० वर्षिया बालक कुशल विकको भैसैको जंगलमा शव फेला परेको थियो ।

सो हत्या आरोपमा मृतकको आफन्त पर्ने एक जना पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुरुष प्रहरीको नियन्त्रणमा रहेको र उसको परिचय तत्काल खुलाउन नमिल्ने दोलखा प्रहरीले जनाएको छ ।

शैलुंगेश्वरका रमेश विश्वकर्मा र मैया विश्वकर्माको कान्छो छोरा कुशलको शव हराएको १५ दिन पछि बुधबार साढे ३ बजे स्थानीयवासीले देखेका दिए । शैलुङ भैसेडाडाँ भन्दा २ किलोमिटर माथिको जंगलमा आधा शरीर पुरीएको क्षतविक्षत अवस्थामा स्थानियले शव देखेका थिए ।

उक्त खबर पाउन साथ दोलखा प्रहरी घटनास्थल पुगेको थियो । शव पोष्टमार्टमका लागी चरिकोट स्थित शवगृहमा राखीएको छ । बालक हराएसँगै आफन्तले प्रहरीकोमा खोजी गरिदिन आग्रह गरेक थिए ।

प्रतिक्रिया