रिजेन्द्रले क्यानडाका जिएमलाई हराए


काठमाडौं । जर्जियामा जारी ४३औँ चेस ओलम्पियाडमा नेपालका रिजेन्द्रराज भण्डारीले क्यानडाका जिएम अमनहाम ब्लेटोनलाई १–० अंकले हराएका छन् । सोमबार रातिदेखि सुरु भएको पहिलो चरणको खेलमा रिजेन्द्रले जिते पनि नेपाली पुरुष टोली क्यानडासँग समग्रमा ३–१ ले पराजित भयो ।

नेपाली टोलीका अन्य खेलाडीहरू मदनकृष्ण कायस्थ क्यानडाका जिएम इरिक हसनसँग, विवेक लामा जिएम जिएम राजभान प्रेतुसँग र रूपेश जैसवाल आइएम निकोली नोरिस्यानसँग पराजित भए । दोस्रो चरणमा नेपाली पुरुष टोलीले नेदरल्यान्ड एन्टिलाइजसँग खेल्नेछ ।

महिलातर्फ पहिलो चरणको खेलमा नेपाली टोली लात्भियासँग ४–० ले पराजित भएको छ । नेपालकी सुशीला गुरुङ लात्भियाकी डब्लुजिएम लौरा रोमुलसँग, सिन्दिरा जोशी डब्लुजिएम लाजे बोरजिनासँग, सुजना लोहनी डब्लुएफएम इलिना ओटिकोभासँग र नेपाल च्याम्पियन मोनालिसा खम्बु डब्लुएफएम लिन्दा कुरमिनासँग पराजित भए ।

दोस्रो चरणमा महिला टोलीले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ । १९ असोजसम्म चल्ने चेस ओलम्पियाडमा १ सय ८५ देशका १६ सय ६८ खेलाडीले भाग लिएका छन् ।

प्रतिक्रिया