‘२.०’ मा अक्षय बने भिलेन

मुम्बई । बलिउड अभिनेता अक्षयकुमार खलनायक भएको चलचित्र ‘२.०’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा दक्षिण भारतीय चर्चित सुपरस्टार रजनीकान्तको मुख्य भूमिका रहेको यस चलचित्रमा भिएफएक्स प्रविधिको अत्यधिक प्रयोग गरिएको छ । यस प्रविधिका कारण ‘टिजर’ दर्शकले मनपराउनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ ।

यस चलचित्रमार्फत अक्षय कुमारले दक्षिण भारतीय चलचित्रमा डेब्युसमेत गर्दैछन् । बलिउडमा सबैभन्दा बढी लगानी गरी ‘२.०’ बनाइएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरेका छन् । यो चलचित्र बनाउन करिब ५ सय करोड भारतीय रूपैयाँ लागेको निर्माण पक्षले जनाएको छ ।

भिएफएक्सको अधिक प्रयोगकै कारण पटक–पटक प्रदर्शन मिति सर्दै आएको यो चलचित्र आगामी २९ नोभेम्बरबाट प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा टुडी र थ्रिडी क्वालिटीमा रिलिज हुने छ

प्रतिक्रिया