प्रहरीको आयोजनामा योग शिविर

चितवन । चितवनको भरतपुरमा निःशुल्क योग विज्ञान शिविर सञ्चालन गरिएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको आयोजना तथा पतञ्जलि योग समिति चितवनको सहयोगमा सञ्चालन भएको योग शिविर २९ भदौसम्म सञ्चालन हुनेछ ।

योग शिविरको उद्घाटन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग निकै महत्वपूर्ण रहेको बताए । दैनिक योग गर्दा शरीरको मांसपेशी मजबुत हुने बस्नेतको भनाइ छ । दैनिक रूपमा योग गर्नाले विभिन्न रोगहरूसँग लड्ने क्षमता पनि बढ्दै जाने भएकाले योग सबै मानिसका लागि वरदान भएको बस्नेतले बताए ।

योग प्रशिक्षक पतञ्जलि योग समितिका केन्द्रीय सदस्य विष्णुप्रसाद दवाडीले योगले शरीरलाई चाहिने अक्सिजन ग्यास शरीरको विविध कोषमा पु¥याएर रगत सञ्चालनमा सहयोग पु¥याउने भएकाले हरेक व्यक्तिले योग गर्नुपर्ने बताए ।

दैनिक रूपमा योग गर्नाले मानसिक शक्ति बढ्दै जानुका साथै समस्याहरूको समाधान गर्ने उपायसमेत बढ्ने भएकाले सबै क्षेत्रका लागि योग आवश्यक रहेको दवाडीको भनाइ थियो । नियमित रूपमा योग गर्दा तीव्र गतिमा मुटु चल्ने समस्या पनि विस्तारै कम हुँदै जाने उल्लेख गर्दै दवाडीले योग गर्नोले मानसिक तनाव कम गरी पाचन प्रक्रियामा फाइदा पुग्ने बताए ।

योग शिविरको उद्घाटनका क्रममा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक महेन्द्रकुमार पोखरेलले दैनिक गरिने योगले शरिरको तौल घटाउन सहयोग गरी निन्द्रा नलाग्ने समस्याको समेत समाधान गर्ने बताए । आत्मा क्षमताको विकास गरी योगले कुलतमा फस्नबाट सघाउ पु¥याउने भएकाले नियमित योग गर्नुपर्ने पोखरेलको भनाइ थियो ।

६ दिनसम्म सञ्चालन हुने योग शिविरमा पतञ्जलि योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्र, केन्द्रीय सदस्य विष्णुप्रसाद दवाडीलगायतका योग प्रशिक्षकहरूले सहभागीलाई योग सिकाउनेछन् ।

प्रतिक्रिया