काठमाडौं । सौर्य दैनिकको सम्पादकमा नियुक्त भएका विनोद त्रिपाठीले शुक्रबार पदवहाली गरेका छन् । सौर्य दैनिकमा आयोजित कार्यक्रमकाबीच नवनियुक्त सम्पादक त्रिपाठीलाई सृजना इन्टरनेशनल मिडिया प्रालिका अध्यक्ष पदमबहादुर शाह, प्रबन्धक निर्देशक जयबहादुर चन्द र प्रधानसम्पादक बोधराज त्रिपाठीले स्वागत गरेका थिए ।
कार्यक्रममा अध्यक्ष शाहले संस्थालाई दीर्घकालीन रूपमा थप उचाइमा पुर्याउन सम्पादकमा नियुक्त त्रिपाठीले अहम् भूमिका खेल्नेप्रति बोर्ड विश्वस्त रहेको बताउँदै सफल कार्यकालको शुभकामना दिए । प्रबन्धक निर्देशक चन्दले पत्रिकालाई व्यावसायिक रूपमा अगाडि बढाउँदै जनताबीच लोकप्रिय बनाउन नवनियुक्त सम्पादकको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।
प्रधानसम्पादक बोधराज त्रिपाठीले पत्रिकाको स्तरोन्नतिका लागि नवनियुक्त सम्पादकको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । कार्यक्रममा नवनियुक्त सम्पादक विनोद त्रिपाठीले पत्रिकालाई व्यावसायिक र निष्पक्ष बनाउन सक्दो प्रयास गर्ने बताएका थिए ।
प्रतिक्रिया