मेसीको पेनाल्टी मिस, अर्जेन्टिना आइसल्यान्डको १–१ गोल

एजेन्सी । विश्वकप फुटबल प्रतियोगितामा दुई पटकको विश्वविजेता बनेको अर्जेन्टिनालाई विश्वकपको नवप्रवेशी आइसल्यान्डले बराबरीमा रोकेको छ।

समूह ुडीु को पहिलो खेलमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले पेनाल्टीसहित नौ पटक पाएको महत्वपूर्ण प्रहारमा गोल गर्न नसक्दा खेल १–१ गोलको बराबरीमा सकिएको हो।

खेलको १९ मिनेटमा अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो। ग्युरोले उत्कृष्ट गोल गर्दा अर्जेन्टिना सुरुवाती अग्रता बनाउन सफल बनाउन सफल भयो।

यस्तै खेलको २३ मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्काउन सफल भयो। फिबोनबासनले अर्जेन्टिनाका डिफेन्डरको गल्तिको फाइदा उठाउँदै क्लोज रेन्जबाट गोल गरेका थिए। योसँगै विश्वकपमा नवप्रवेशी आइसल्यान्डले विश्वकपमा पहिलो गोल गर्न सफल भएको छ ।

प्रतिक्रिया