विश्वकपः फान्सद्धारा २–१ गोलले अष्ट्रेलिया पराजित

काठमाडौं । विश्वकप फुटबलको पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २–१ गोलले पराजित गरेको छ।

फ्रान्सलाई रुस विश्वकपको उपाधि दावेदार र युवा खेलाडीहरुले भरिएको सन्तुलित टिममा रुपमा हेरिन्छ । तर, पहिलो खेलको प्रदर्शन भने उत्साहजनक रहेन

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा अष्ट्रेलियाली खेलाडीले फ्रान्सका फवार्ड एन्टोनी ग्रिजम्यानलाई फल गर्दा रेफ्रीले पेनाल्टी दिएका थिएनन् । तर, भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) रिभ्यूले फ्रान्सलाई पेनाल्टी दिलायो । विश्वकपमा पहिलो पटक भीएआर प्रयोग गरिएको हो ।

फ्रान्सको अग्रता धेरैबेर टिक्न सकेनन् । उम्टिटीले हाण्ड गरेपछि पाएको पेनाल्टीमा जेडिकनले बराबरी गोल गरे । बराबरीपछि फ्रान्स निकै दबावमा आएको थियो ।

तर, ८० खेलको औं मिनेटमा पल पोग्बाले गोल गरे । उनको प्रहार बारमा लागेर गोलमा परीणत भएको थियो । यसमा पनि रेफ्रीले सुरुमा गोल दिएका थिएनन् तर, गोललाइन प्रविधिबाट गोल देखिएपछि पोग्बाको गोललाई मान्यता दिइयो ।

प्रतिक्रिया