सम्पादक बुखारीकाे गाेली हानी हत्या

एजेन्सी । भारतको जम्मु कश्मीरको राजधानी श्रीनगरमा भारतका वरिष्ठ पत्रकार अर्थात ‘राइजिङ कश्मीर’का सम्पादक सुजात बुखारीको गोली हानी हत्या भएको बीबीसीले जनाएको छ ।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट एउटा भोजमा जाँदै गर्दा अज्ञात हमलाकारीले उनको हत्या गरेका थिए ।

मोटरसाइकलमा आएका आक्रमणकारीले सम्पादक बुखारीमाथि अन्धाधुन्द गोली हानेका थिए । गोली प्रहारबाट उनका निजी सुरक्षा अधिकारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

कसैले पनि हत्याको जिम्मा लिएको छैन । कश्मीर प्रहरीले भने संदिग्ध हमलाकारीको तस्बिर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया