किमले स्वीकारे ट्रम्पको भ्रमण निम्तो

एजेन्सी । उत्तर कोरियाको सरकारी समाचार संस्थाले वाशिङटनको भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको निम्तो नेता किम जङ–अनले स्वीकार गरेको जनाएको छ।

सिंगापुरमा मंगलवार दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले भ्रमणको निम्तो दिएका थिए। किमले पनि प्योङयाङको भ्रमण गर्न ट्रम्पलाई निम्तो दिएको उक्त समाचार संस्थाले जनाएको छ।

वाशिङटनस्थित बीबीसी संवाददाता भन्छन्, भ्रमणको निम्तोका समर्थकहरूको विश्वास छ, यो दुई देशबीचको सम्बन्ध थप विकसित गर्ने अवसर हो।

तर केही आलोचकहरूको चिन्ता छ, त्यो उत्तर कोरियाली नेताका लागि प्रचारबाजीको अर्को मौका हुनेछ। दुवै नेताले प्रशन्नतापूर्वक एक अर्काको निम्तो स्वीकारेको केसीएनएले जनाएको छ।

शिखर बैठकपछि पहिलो पटक प्रकाशित किमको प्रतिक्रियाको एक अर्कालाई उत्तेजित बनाउने र शत्रुतापूर्ण देखिने किसिमका सैन्य गतिविधि तत्कालै रोकिनुपर्ने बताएका छन्।

प्रतिक्रिया