बाजुरा । बाजुराको गौमुल गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीको भवन विस्तार गरी प्रसूति गृह निर्माण गरिएको छ ।
विकट क्षेत्रका स्थानीयले सहज रूपमा सेवा पाउन घण्टौँ हिँड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाको अगुवाइमा स्वास्थ्य चौकी निर्माण गरिएको बताइएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा उक्त स्वास्थ्य चौकीको ६ कोठे भवनको निर्माण सम्पन्न भएको स्थानीय गोरख बोहराले बताए । स्वास्थ्य भवन निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा २० लाख ५८ हजार रुपैयाँ गाउँपालिकाले सहयोग रहेको थियो भने स्थानीयको पाँच लाख जनश्रमदान गरी २५ लाख ५८ हजारको लागतमा निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समिति अध्यक्ष मदनबहादुर रोकायाले जानकारी दिए ।
भवन निर्माणसँगै स्थानीय २५६ परिवार लाभान्वित हुने भएका छन् । घण्टौं हिँडेर प्रसूति सेवा लिन बाध्य स्थानीयलाई वडामा सेवा सञ्चालन हुँदा सहज हुने गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।
प्रतिक्रिया