काठमाडौं । डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुर्याएर फर्काइएको छ । न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटालाई उनको इच्छाअनुसार शनिबार दिउँसो पुख्र्यौली घर गोरखा लगिएको थियो ।
क्यान्सर रोगबाट ग्रसित डा. देवकोटाले परिवारका सदस्यहरुसँग पुर्ख्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका कारण उनलाई गोर्खाको बोहारा गाउँ लगिएको हो ।
डा. देवकोटालाई चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमा बोहारा गाउँमा लगेका थिए । उनको घरभन्दा करिब समय मिटर माथि हेलिप्याड बनाइएको थियो । उनी गाउँ आउने खबर पाएर ४र५ सय आफन्त तथा शुभचिन्तक जम्मा भएका थिए ।
डा. देवकोटालाई घरमा लगेर पिँढीमा राखियो । लगतै घर नजिकै रहेको सिस्नेधाराको पानी ल्याएर खुवाइएको पारिवारिक स्रोतले बताएको छ । उनलाई चच्चाको सहयोगले डा. देवकोटालाई पानी खुवाइएको थियो ।
त्यहाँ पुगेपछि आफन्तको सहयोगले डा. देवकोटालाई सिस्नेधाराको पानी खुवाइएको थियो । उनलाई शनिबार नै काठमाडौं ल्याइएको छ ।
पुर्ख्यौली घरमा पुग्दा देवकोटाको मुहार हँसिलो देखिएको थियो । उनलाई भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भने भएन ।
डा. देवकोटा होसमै रहेका र आफू कहाँ पुगें भन्नेसम्मको जानकारी रहेको स्रोतले बतायो । केही समयदेखि उनको चिकित्सक र परिवारका सदस्यसँग कुरा मात्रै कुराकानी हुने गरेको छ ।
प्रतिक्रिया