ट्रम्पका वकिलले भने, ‘किमले घुँडा टेकेर वार्ताकाे भिख मागे’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी जुलियानीले उत्तरकोरियाले अमेरिकासँग वार्ताको लागि ‘भिख मागेको’ टिप्पणी गरेका छन् । ट्रम्पको शक्तिका कारण नै उत्तरकोरिया आफ्नो अडान बदल्न बाध्य भएको जुलियानीको भनाइ छ ।

ट्रम्पले मे महिनामा उत्तरकोरियासँगको वार्ता स्थगित भएको घोषणा गरेका थिए । तर पछि दुई नेताबीच यही जुन १२ तारिखमा सिंगापुरमा वार्ता गर्ने तय भएको छ ।

इजरायलको एक कन्फ्रेन्समा ट्रम्पका वकिल जुलियानीले भने, ‘किम जोङ्ग उनले घुँडा टेके र वार्ताको भिख मागे ।’

उत्तर कोरियाको तर्फबाट जुलियानीको यो टिप्पणीबारे प्रतिक्रिया सार्वजनिक भएको छैन ।

प्रतिक्रिया