अर्जेन्टिनाको अदृश्य दुर्बलता

–मार्टिन गुजम्यान न्युयोर्क । पहिलो हेराइमा अर्जेन्टिनाको समष्टि आर्थिक दृष्टिकोण उज्ज्वल देखिन्छ । मुद्रास्फीतिजन्य मन्दीपछि आर्थिक वृद्धिदर बढेको छ । गतवर्ष कुल गार्हस्थ उत्पादन वार्षिक रूपमा २ दशमलव ९ प्रतिशतले बढेको थियो । जबकि सन् २०१६ मा वार्षिक मुद्रास्फिती करिब ४० प्रतिशत रहेकोमा गतवर्ष यो घटेर २४ दशमलव ८ प्रतिशत भएको थियो ।  तर, संकटका बादलहरू दूर क्षितिजमा देखिन थालेका छन् । हालैको सुधार ऋणले भरिएको छ ।

सन् २०१७ मा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ४ दशमलव ६ प्रतिशत पुगेको छ जुन अर्जेन्टिनाको कुल निर्यातको ३९ प्रतिशत बराबर हुन आउँछ । अर्जेन्टिनाको बाह्य ऋण समग्रमा कम भए पनि यसको तीव्र वृद्धि चिन्ताको स्रोत भएको छ । वास्तवमा राष्ट्रपति मारिसियो म्याक्रीका लागि यसले एउटा आर्थिक चुनौतीलाई प्रतिनिधित्व गर्छ जसलाई नजरअन्दाज गर्न सकिन्न । आफ्नो बाह्य ऋण स्थिर गर्नका लागि अर्जेन्टिनालाई व्यापार अधिशेष हासिल गर्नुपर्ने आवश्यकता हुनेछ ।

आयातलाई निराश बनाउने मन्दीको माध्यमभन्दा निर्यातयोग्य वस्तुहरूको उत्पादनमा वृद्धि गर्नु नै यसको सबैभन्दा राम्रो तरिका हो । तर, जब लक्ष्य स्पष्ट हुन सक्छ, यसलाई हासिल गर्न हालका नीतिहरूको क्षमता छैन । विभिन्न समाधान प्रस्ताव गरिएका छन् । एउटा दृष्टिकोण यथास्थितिलाई कायम राख्नका लागि छ । यो म्याक्री प्रशासनको मनपरेको रणनीति प्रतीत हुन्छ । अर्जेन्टिनाको ठूलो चालु खाता घाटा मुलुकको प्रक्षेपणका लागि बजारहरूको समर्थनको प्रमाण भएको विचार यसले दर्शाउँछ ।

७ दशमलव ९ प्रतिशतसम्मको प्रतिफलसँगै अर्जेन्टिनाको डलर नामित बन्डहरूका लागि बलियो मागले पनि लगानीकर्ताको विश्वासको संकेतको रूपमा व्याख्या गरिएको छ ।  तर, अर्को अधिक सतर्क दृष्टिकोणले अतिरिक्त समष्टि आर्थिक हस्तक्षेपको आवश्यकता रहेको मान्छ । अर्जेन्टिनाको ऋण लिने बानी र ‘रोक तथा जाऊ’ गतिशीलताको इतिहासको अध्ययनप्रति अधिक सन्देहशीलको समर्थन भएको यो दृष्टिकोण विशेष ध्यान दिन योग्य छ । सन् २०११ देखि अर्जेन्टिनाको निर्यात स्थिर छ।

आलोचकहरूका अनुसार यदि मुलुकले निर्यातमा वृद्धि गर्ने हो भने उत्पादकत्व बढाउन र प्रतिस्पर्धालाई बलियो बनाउन नयाँ नीतिहरूको आवश्यकता छ । यद्यपि, अहिले समाधानको मनपरेको बास्केटले चालु खाता घाटालाई कम गर्नुको सट्टा झन् बढाइरहेको छ । दुई आधारभूत रणनीतिले अर्थतन्त्रलाई स्थिर गर्ने सरकारको दृष्टिकोणलाई नियन्त्रण गर्छन् : एउटा ब्याजदर आधारित मुद्रास्फीति लक्ष्यीकरण र अर्को प्रारम्भिक बजेट घाटामा क्रमिक कमी (जसले ब्याज भुक्तानीहरूलाई समावेश गर्दैन । तर, यो नीति मिश्रणले धेरै चिन्ता बढाउँछ ।

पहिलो, अस्थायी विनिमय दरले व्यापक आर्थिक स्थिरता सुनिश्चित गर्नेछ भन्ने केन्द्रीय बैंकको धारणामा अत्यन्त कम प्रमाण छ । मौद्रिक नीतिहरूले विनिमय दरलाई प्रभावित गर्दछ भलै तिनीहरूलाई विदेशी मुद्रा बजारमा निर्देशित नगरियोस् । वास्तवमा अर्थतन्त्रलाई स्थिर गर्नका लागि मुद्रास्फितीलाई कम गर्न आवश्यक छ । अर्जेन्टिनाको अत्यधिक महत्वाकांक्षी लक्ष्यहरूको माध्यमबाट तीव्ररूपमा विफलता प्राप्त गर्ने प्रयासले बाहिरी असन्तुलनलाई मात्र बढाउनेछ । विदेशी मुद्रा नामित ऋणद्वारा लगानी गरिएको वित्तीय घाटाको एउटा ठूलो भागसँगै बाह्य असन्तुलनले जोखिमलाई बढाउँछ जसबाट भविष्यमा सार्वजनिक ऋण अस्थिर हुनेछ ।

अन्ततः उच्च ब्याज दर तुरुन्त मुद्रास्फीतिमा रूपान्तरण हुनेछ भन्ने केन्द्रीय बैंककको धारण गलत हो । यो संयन्त्र अप्रत्यक्ष छ र यसमा कुनै प्रत्याभूति छैन । यसका अतिरिक्त मुद्रास्फीति सामान्यतः अर्थतन्त्रमा मात्र लागू हुन्छ जसले स्थिर र निरन्तर वृद्धिको अनुभव गरिरहेको छ । यो अर्जेन्टिनाको वर्तमान मार्गको विपरीत हो । मुद्रास्फितीलाई समावेश गर्नका लागि ‘जे केही पनि लिनेछ’ तिर तयार रहेको भन्ने देखाउन अर्जेन्टिनाको केन्द्रीय बैंकले यी कमीहरूलाई क्षतिपूर्ति गर्ने प्रयास गर्नसक्छ ।सन् २०१२ मा युरोको रक्षा गर्न युरोपेली केन्द्रीय बैंककले यस्तै रणनीति अवलम्बन गरेको थियो ।

तर, अर्जेन्टिनाको सवालमा त्यो सम्भव नहुन सक्छ किनकी ‘जे केही पनि लिनेछ’ मौद्रिक प्राधिकरणको क्षमताभन्दा बाहिर छ । एउटा उदाहरण वार्षिक वेतन वार्ता हो जसले लगातार दुई वर्षदेखि चलिरहेको मुद्रास्फीतिको लक्षलाई पार गरेको छ । सन् २०१६ मा यो १५ प्रतिशत विन्दु र सन् २०१७ मा ७ दशमलव ८ प्रतिशत विन्दुले बढेको थियो ।  यी चुनौतीहरूका बीच बाह्य असन्तुलनहरूलाई सम्बोधन गर्ने सबैभन्दा राम्रो तरिका भनेको एउटा ठूलो वित्तीय समायोजनको झट्का हो भन्ने तर्क केही आलोचकले दिएका छन् ।

दुर्भाग्यवश त्यो दृष्टिकोण हारलाई स्वीकार गर्नु समान हो । यो सरकारको स्वीकृति बराबर हुनेछ जसबाट निर्यात विस्तार गरेर वृद्धि बढाउन असम्भव छ । तैपनि, आलोचकहरूको सोचाइको नयाँ पंक्तिका लागि पैरवी गलत होइन । म्याक्री प्रशासनले भनेजस्तो यदि आर्थिक वृद्धिका सम्भावनाहरू उज्ज्वल भएका थिए भने यसले कुनै फरक पर्दैन । तर, यथार्थ के हो भने सरकारको सकारात्मक कथाद्वारा निर्मित र त्यसलाई बजारको स्वीकृतिले अझ बलियो बनाएको अर्जेन्टिनाको ‘सन्तुलन’ वास्तवमा तासको आर्थिक घर हुनसक्छ ।

त्यसैले अधिकारीहरूले सम्भावनाहरूलाई विचार गर्नुपर्छ जुन उत्साही पूर्वानुमान र अशान्त भविष्यको मुखौटो हुनसक्छ । अहिलेको समय सरकारको रणनीतिलाई उच्च ब्याजदरबाट बलियो विनिमय दर ल्याउनुभन्दा निर्यातमा वृद्धि गर्नुपर्ने आवश्यकता छ । तर, निर्यातलाई बढाउन अर्जेन्टिनालाई उसको मौद्रिक नीति रणनीति परिवर्तन गरेर सुरु गर्नुपर्ने आवश्यकता छ । त्यसो भए कुनै पनि मार्ग विनिमयमुक्त हुँदैन ।

नीतिहरूलाई एक समूहमा स्थानान्तरित गर्दा केन्द्रीय बैंकको लगानीले अल्पावधिमा मुद्रास्फीति बढाउन सक्छ । तर, यसले बढ्दो बाह्य असन्तुलनलाई कमगर्न केही मार्ग पनि लिनेछ र बजार अपेक्षाहरूको कुनै पनि तिक्तताको विरुद्धमा सुरक्षामा सहयोग गर्दछ । हुनसक्छ अहिले अनावश्यक लाग्नसक्छ तर जब कठिन समष्टि आर्थिक चुनौतीहरूलाई मार्गनिर्देशन गर्ने कुरा आउँछ सुरक्षित मार्ग सामान्यतया सही हुन्छ ।  (लेखक कोलम्बिया विश्वविद्यालय बिजिनेस स्कुलमा शोध सहयोगी र ब्युनर्स आयर्स विश्वविद्यालयका एसोसिएट प्राध्यापक हुन्)

प्रतिक्रिया