सूर्तीजन्य पदार्थका कारण स्वासप्रश्वास बिरामी बढ्दो

-डा. निरज सिंह बम स्वासप्रश्वाससम्बन्धी रोगका समस्या भएका बिरामीको यकिन तथ्यांक भने नेपाल सरकार, स्वास्थ्य मन्त्रालयमा समेत छ्रैन । अस्पताल–अस्पतालहरूले यस्ता बिरामीहरूको हाजिरी (रेकर्ड) नराखेकै कारणले तथ्यांक नभएको हो । अस्पतालहरूले आफ्नो संस्थामा आएका बिरामीहरूको तथ्यांक राख्नुपर्ने नियम भए पनि त्यो सबैमा लागू भएको छैन ।

नेपालमा मेडिसिनका बिरामीमध्ये ३० प्रतिशत स्वासप्रश्वास रोगी नै छन् । हाल (सिओपिडि) दमखोकी संसारमा मृत्यु हुने कारणमध्ये चौथोमा पर्दछ । संसारमा मृत्यु हुने कारणमा दम सन् २०२० सम्म तेस्रोमा उक्लिने र २०३० सम्म मुख्य कारण हुने सम्भावना छ ।  काठमाडौं उपत्यका लगायत नेपालका जुनसुकै ठाउँमा धुलो धुँवा बढीरहेको छ, वातावरणीय प्रदुषण बढिरहेको छ, यसले रुखाखोकी, दम बढ्ने हुन्छ ।

धुलोको कणहरू गएर स्वासनलीमा एलर्जी उत्पादन गर्छ । एलर्जी भएपछि स्वासनली साँघुरिन थाल्छन् ।, जसले गर्दा खोकी लाग्ने, खकार आउने, स्वासप्रश्वास नलीबाट ग्रन्थिसमेत सुन्निन्छ र सास फेर्न गाह्रो हुन थाल्छ । धुलोले स्वासप्रश्वासनली प्रवाहमा अवरोध हुन थाल्छ । धुलो, धुँवाजन्य पदार्थबाट र वातावरणीय प्रदुषणबाट क्षयरोग पनि वृद्धि हुँदै गएको छ । एकातिर क्षयरोगको औषधिले काम नगर्ने र निमोनिया अर्कोतिर भइरहेको छ ।

धुलो, धुँवा र फोहोर वातावरणको कारण निमोनिया पनि एकदमै बढ्दै गएको छ । धुलो धुँवा फोहोर ठाउँबाट नै निस्किने भएकाले त्यसका कणहरूमा ब्याक्टेरिया भाइरसहरू धेरै मात्रामा उडिरहेको हुन्छ, त्यसले फोक्सोमा इन्फेक्सन (संक्रमण) गराउँछ । स्वासप्रश्वासका बिरामीलाई नियन्त्रण गर्न वा रोगीलाई निरोगी बनाउन नेपाल सरकारले पोलिसी (नीति) बनाउनुपर्छ ।

जसले नीति बनाउनुहुने हो उहाँहरू नै धुलो, धुँवाबाट संक्रमित त्यसबाट पर्ने असरबाट नजिक हुनुहुन्छ । ठूला–ठूला व्यक्तिहरू पनि धुलो धुँवाको पिडित नै हुनुहुन्छ । नेपालमा ऐन, नियम, कानुन बन्छन् तर प्रभावकारी कार्यान्वयन भने हुँदैनन् । तर कार्यान्वयन गर्न जरुरी छ । वातावरण प्रदुषण हटाउनको लागि हरियालीमा विशेष जोड गर्ने, टोल, नगरपालीका, महानगरपालिकाले वातावरण सफा राख्ने गर्नुपर्छ ।

वातावरण सफा राख्न वृक्षारोपण एकदमै महत्वपूर्ण रहेको छ । मानिसले आफूलाई पनि स्वस्थ राख्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ । घर बनाउँदा पनि कति ठाउँ छोड्नुपर्ने कस्तो बनाउनुपर्ने नियम बनेको छ । ती सम्पूर्ण कुराहरू प्रभावकारी रूपमा कार्यान्वयन ग¥यो भने स्वासप्रश्वासका रोगीहरू घट्दै जान्छन् ।  हामीले आफ्नो तर्फबाट पनि धुलो, धुँवाबाट बच्ने कोसिस गर्ने, जनचेतनाको वृद्धि गरी स्वासप्रश्वास रोगी नियन्त्रण गर्न सक्छौँ ।

एउटा व्यक्तिले एउटा माक्स अनिवार्य प्रयोग गर्ने, एउटा माक्सले धुलो नछेक्ने रहेछ भने दुईवटा एकैपटक प्रयोग गर्नाले धुलो धुँवाबाट बच्न सकिन्छ । चैत सकिएर वैशाखको समय आएको छ गाउँमा बाली लगाउने बेला भएको छ, ब्याड (धान, कोदोको बीउ) राख्ने समय भएको छ त्यहाँ भएको पातपतिङ्गर एकैठाउँमा राखी आगो लगाएर जलाउने चलन छ । यसले असर गर्छ ।

त्यसैले यसको कम गर्न जरुरी छ । भक्तपुरमा इट्टा कारखाना धेरै रहेको छ तिनीहरूलाई कम गराउनुपर्छ । यदि कारखाना बन्द नगर्ने हो भने त्यहाँबाट आएको धुँवालाई अन्य नयाँ प्रविधियुक्त मेसिन जडान गरी धुँवा कम गराउँने वा अन्य केही इलेक्ट्रिक उपाय अपनाएर इट्टा पकाउनुपर्छ ।

छातिरोग पनि बढ्दै
छातिरोग सम्बन्धि बिरामी पहिलो नम्बरमा सबैभन्दा बढी दीर्घखालको दम, रुघाखोकी नै हो । दोस्रो नम्बरमा भनेको क्षयरोग हो र क्षयरोगबाट फोक्सोमा असर परेकाहरू हुन्छन् । क्षयरोग भएर दुई चार वर्ष अगाडि नै औषधि प्रयोग गरेको तर फोक्सोमा (ड्यामेज) खराबी भएको हुन्छ । जसलाई ब्रोकेन्नेसेस भन्छौँ त्यस्ता बिरामीहरू सास फेर्न नै गाह्रो भएर अस्पतालमा आएका हुन्छन् ।

त्यस्ता बिरामी फोक्सो विग्रिएर र लामो समयसम्म स्वासप्रश्वास अवरोध भएको हुन्छ । निमोनियाका बिरामी साथसाथै धेरै बिरामी मौसमअनुसार (सिजन) गर्मि सकिएर जाडो र जाडो सकिएर गर्मि लाग्ने समयमा अस्पताल आउने गरेका छन् । भाइरल इन्फेक्सन भएर रुघाखोकी लागेका बिरामीहरू बढी आउँछन् ।

उमेरअनुसार स्वासप्रश्वास रोग
बच्चाहरूमा एकदमै छिटो भाइरल रुघाखोकीहरू हुन्छ । बच्चालाई (ब्रोङ्केयल आज्मा) जस्ता छातिमा चिसो पस्ने रोगहरू लाग्छ । युवाअवस्थामा पनि रुघाखोकी नै बढी देखिन्छ । ब्रोङ्केयल आज्मा युवालाई पनि देखिन्छ । वृद्धमा धेरै देखिने दीर्घखालको रोग दम हो । बुढाबुढीमा रुघाखोकी पनि लाग्ने सम्भावना बढी हुन्छ । तर ४० वर्षभन्दा माथिका मानिसलाई यस्ता रोगहरू लाग्ने गर्दछ ।

प्रतिक्रिया