राज्यपालले महिला पत्रकारको गाला छोएपछि . . .


नयाँ दिल्ली । राजभवनमा भएको पत्रकार सम्मेलनमा एक महिला पत्रकारको गाला सुम्सुम्याउँदा भएको विवादको भोलिपल्ट (बुधबार) बनवारीलाल पुरोहितले माफी मागेका छन् । पत्रकार सम्मेलनका क्रममा एक महिला पत्रकारको प्रश्नमा उनले ती महिला पत्रकारको गाला थपथपाएका थिए । महिला पत्रकारको मागको आधारमा राज्यपालले सो माफी त्यसवेला मागे जब लक्ष्मी सुब्रमन्यमले एक फोटो ट्वीट गरे ।

यसमा राज्यपालले उनको गाला सुम्सुम्याएको प्रष्ट देखिन्छ । लक्ष्मीले राज्यपालको यस्तो कार्यप्रति आश्चर्य व्यक्त गरे । राज्यपालले लक्ष्मी सुब्रमन्यमलाई लेखेको ट्वीटमा भनिएको छ ‘मैले तपाईंको गाला आफ्नो नातिनी सम्झेर सुम्सुम्याएको हो । मैले पत्रकारका रूपमा तपार्इंको कार्यको सराहना गर्न यस्तो गरेको हुँ, किनभने म स्वयं त्यही पेसाको सदस्यका रूपमा ४० वर्ष बिताएको थिएँ । ’

तर, ती पत्रकारले ट्विटरमै लेखेकी छन् ‘म राज्यपालले मागेको माफीलाई स्वीकार गर्दछु । तर उनको तर्कमा सहमत छैन ।
राज्यपाल बनवारीलाल पुरोहितले मंगलबार राजभवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको गाला सुम्सुम्याएका थिए । यो पत्रकार सम्मेलनविरुद्ध नगरकी एक महिला प्रोफेसरको गिरफ्तारीपछि बोलाइएको थियो ।

जसले छात्राहरूलाई राम्रो नम्बरका लागि अधिकारीहरूलाई घुस दिन उक्साइरहेकी थिइन् । ती महिला प्रोफेसरले आफूलाई राज्यपाल पुरोहितको अत्यन्तै नजिक रहेको बताउने गरेकी थिइन् । राज्यपालले पत्रकार सम्मेलनमा ती प्रोफेसरसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका थिए ।

पत्रकार सम्मेलनको अन्त्यमा राज्यपालले पत्रकारको गाला सुम्सुम्याएको घटनाले पत्रकार र राजनीतिक वृतमा ठूलो आक्रोश जन्मियो । उता विपक्षी पार्टी द्रमुकले घटनालाई संवैधानिक पदमा बसेका मान्छेले गरेको ‘अशोभनीय’ कृत्यको संज्ञा दिएका छन् । यो घटना त्यसवेला भयो जब पत्रकार सम्मेलन सकिएर ७८ वर्षीय राज्यपाल पुरोहित बाहिर निस्कँदै थिए ।

राज्यपालको यो फोटो सामाजिक सञ्जालमा धेरै भाइरल भइरहेको छ ।

प्रतिक्रिया