सिरियालाई तहसनहस पार्न कस्ता हतियार प्रयोग भए ?

दमास्कस । अमेरिका, बेलायत र फ्रान्सका संयुक्त सेनाले सिरियामाथि यति तीव्र गतिमा आक्रमण गरे कि, ऊ सम्हालिन पनि पाएन । तीनै देशका सेनाले आ–आफ्ना अचुक र अत्याधुनिक हतियारले आक्रमण गरे । फ्रान्सका राष्ट्रपतिले राफेल लडाकु विमानले उडान भरेको भिडिओसमेत सामाजिक सञ्जालमा सेयर गरेका थिए । आउनुहोस्, थाहा पाऔँ, कसले र कस्तो–कस्तो हतियार प्रयोग गरे :

बेलायत


बेलायतले आफ्ना चार विध्वंशक टारनाडो फाइटर्सले सिरियामा क्रुज मिसाइल प्रहार गर्यो । टारनाडोले साइप्रसस्थित रोयल एयर फोर्सको बेस क्याम्पबाट उडान भरेको थियो । यसले ४ सय किलोग्राम विस्फोटक बोकेर ४ सय किलोमिटर टाढाबाट आक्रमण गर्न सक्छ ।

दुई इन्जिन भएको यो विमान जमिनी आक्रमणका लागि सुरक्षित मानिन्छ । यसलाई आक्रमणका लागि दुस्मनको क्षेत्रमा जाने आवश्यकतै पर्दैन ।

टमहक क्रुज मिसाइल


युद्धक्षेमा यसको लक्ष्य बदल्न सकिन्छ । यसले तीव्र गतिले लक्ष्यमा अचुक निसाना लगाउन सक्छ । तर, ट्रम्प प्रशासनले सिरियामा टामहक क्रुज मिसाइल प्रयोग गरिएको थियो कि थिएन भन्ने प्रस्ट गरिसकेको छैन । गत वर्षदेखि नै अमेरिकाले सिरियामा यसको प्रयोग गर्दै आएको छ । अहिलेसम्म ५८ मिसाइल प्रहार भएका छन् ।

यो मिसाइल १८ देखि २० फिट अग्लो हुन्छ र ८ सय ८० किमी प्रतिघण्टाको गतिले साढे २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्छ । यसले १ हजार पाउन्डसम्म विस्फोटक बोक्न सक्छ ।

युस बी–१ बमवर्षक

अमेरिकाले आफ्नो खतरनाक बमवर्षक बी–१ लाई सिरिया आक्रमणका दौरान प्रयोगमा ल्याएको छ । तर, यसले कस्तो किसिमको मिसाइल प्रहार ग¥यो भन्ने प्रस्ट हुन सकेको छैन । खास कुरा के भने, ४ इन्जिन भएको यो बमवर्षक विमानले हावामा पनि मिसाइल आक्रमण गर्न सक्छ । यसका साथै, यसले आफ्नो साथमा ४ सय ५० किलो विस्फोटक लैजान सक्छ ।

फ्रेन्च फ्रिगेट एन्ड क्रुज मिसाइल


फ्रान्सेली नौसेनाले आफ्ना तीन अत्याधुनिक फ्रिगेट्सबाट क्रुज मिसाइल प्रहार गरे । जब कि, यो आक्रमणका क्रममा कति फ्रिगेटको प्रयोग भयो, त्यसको जानकारी पाइएको छैन । प्रत्येक फ्रिगेट (जहाज) मा १६ लन्च प्याड छ । क्रुज मिसाइलको मारक क्षमता ६ सय २० किलोमिटरको परिधिमा रहेको छ ।

राफेल लडाकु विमान

राफेल लडाकु विमानबाट सिरियामा आक्रमण भएको कुरा स्वयं राष्ट्रपति इम्यानुयन म्याक्रोले स्वीकार गरेका छन् । उनले यसले उडान भरेको भिडिओ पनि सेयर गरिसकेका छन् । राफेलले ६० हजार किलोमिटरको उचाइमा २ हजार १ सय ३० किलोमिटर प्रतिघण्टाको गतिले उडान भर्न सक्छ । यसले एक पटकमा साढे २४ हजार किलो विस्फोटक लैजान सक्छ । भारतले पनि फ्रान्ससँग ३६ राफेल विमान किन्न सम्झौता गरेको छ ।

प्रतिक्रिया