रुसी जनतालाई बंकरमा सुरक्षित हुन उर्दी

मस्को । सिरियामाथि अमेरिका, बेलायत र फ्रान्सले आक्रमण गरेपछि संसारकै देशहरूबीच भनाभन बढेको छ । यो आक्रमणपछि रुसले तेश्रो विश्वयुद्धको आशंका गरेको छ । रुसी टिभी च्यानल ‘रोसिया–२४’ ले आफ्ना दर्शकलाई खानपिनका समग्री बंकरमा राख्न आग्रह गरेको छ । च्यानलले आफ्ना दर्शकलाई पर्याप्त मात्रामा आयोडिनको बन्दोबस्त मिलाउन सल्लाह दिएको छ ।

यो यसकारण भनिएको हो कि, रेडिएसनबाट बच्न सकियोस् । सबैलाई थाहा छ, सिरिया आक्रमणपछि अमेरिकासँग रुसको मतभेद बढ्दै गएको छ । ‘रोसिया २४’ ले यस्तो समयमा यी कुरा गर्नुलाई रुसले आन्तरिक रूपमा तेश्रो विश्वयुद्धको तयारी गरिरहेको भन्ने देखाउँछ । च्यानलका तर्फबाट मानिसलाई बंकरमा के राख्न हुन्छ, के राख्न हुँदैन भन्ने सम्पूर्ण जानकारी दिइएको छ ।

भनिएको छ कि, बंकरमा मानिसले चामल जम्मा गरून्, किनभने यो ८ वर्षसम्म सुरक्षित रहन्छ । यसका साथै टिभीले मानिसलाई बंकरमा औषधिको समेत बस्दोबस्त मिलाउन भनेको छ ।  थाहा भएकै कुरा हो, गृहयुद्धको आगोमा झोसिएको सिरियामा मिसाइल आक्रमण सुरु भइसकेको छ ।

सिरियामा भएको रासायनिक आक्रमणको प्रतिउत्तरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मिसाइल आक्रमणको आदेश दिएका हुन् ।  यसलगत्तै सिरियाको राजधानी दमास्कसमा सयभन्दा बढी मिसाइलद्वारा आक्रमण भएको थियो । सिरियाविरुद्ध भएको यो ठूलो आक्रमणमा अमेरिकालाई बेलायत र फ्रान्सले पनि साथ दिएका छन् ।

डोनाल्ड ट्रम्पले ट्विटरमा भने, ‘गएको रात राम्रोसँग मिसाइल आक्रमण भयो । साथ दिएकामा बेलायत र फ्रान्सलाई धन्यवाद । योभन्दा राम्रो परिणाम राम्रो हुँदैन थियो । मिसन पूरा भयो ।’ सिरियाली विदेश मन्त्रालयले भने यो घटनाको विरोध गरेको छ ।

उसले अमेरिका, बेलायत र फ्रान्सले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको बताएको छ । मन्त्रालयले अहिले रासायनिक आक्रमणको अनुसन्धान भइरहेका बेला गरिएको आक्रमणले असद सरकामाथि लगाइएको झुटो आरोप लुकाउने प्रयास गरेको छ ।

गत साता सिरियाको डुमामा रासायनिक आक्रमण भएको थियो । जसको चपेटामा बालबालिका र महिलासहित ५ सय मानिस परेका थिए । यसको संसारभरबाट कडा आपत्ति जनाइएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले यो आक्रमणको दोष रुस, इरान र सिरियामाथि लगाएका थिए ।

प्रतिक्रिया