फेसबुकका संस्थापकलाई अमेरिकी कांग्रेसमा उभ्याइयो

सांसदसँग एक घण्टासम्म सवाल जवाफ

वासिंगटन । डाटा चुहाएको विषयमा अमेरिकी संसद्मा पेस भएका फेसबुक स्ंस्थापक मार्क जकरबर्गले सांसदहरूको तिखा प्रश्नहरूको सामना गर्नुपरेको छ । डाटा चुहाएको विषयमा धेरै आक्रोशित भएर जुकरबर्गमाथि प्रश्नहरूको वर्षा गरिएको थियो । एक घण्टासम्म चलेको यस्तो सवालजवाफमा ४२ सांसदले जुकरबर्गसँग कयौँ प्रश्नको उत्तर मागे ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा रूसी हस्तक्षेपदेखि भारत र पाकिस्तानमा हुन गइरहेको आगामी आम निर्वाचनसम्मको प्रष्टिकरण मागिएको थियो ।  सिनेटको आर्थिक तथा न्यायिक समितिसमक्ष पेस भएका जुकरबर्गले फेसबुकमार्फत भएको गडबडीको जिम्मेवारी लिए र निर्वाचनमा मानिसको विश्वास कायम राखिरहने विश्वास दिलाए । जुकरबर्गले भारतमा हुन गइरहेको आम निर्वाचनको दौरान धेरै सतर्कता अपनाइने बताए ।

यस क्रममा सिनेटरले लगातार जकरबर्गको सफाइलाई चुनौती दिइरहे । अमेरिकी राष्ट्रपति चुनावमा रूसी हस्तक्षेपका बारेमा जकरबर्गले भने ‘रूसका केही मानिस यस्ता छन् की उनीहरूको काम नै हाम्रो सिस्टमलाई खराब पार्नु हो र अन्य इन्टरनेट व्यवस्थालाई खराब बनाउनु हो ।’ उनले भने ‘यो हतियारको होडबाजीजस्तै हो । उनीहरू लगातार राम्रो गर्न प्रयासरत छन् र हामीले पनि राम्रो गर्न लगानी बढाउनुपर्छ ।’

जुकरबर्गले पहिले स्वीकार गरेका थिएकी २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा गलत सूचनाहरूको प्रसार रोक्न फेसबुक असफल भएकै हो । डेमोक्र्याट सांसद बिल निल्सनले जुकरबर्गसँग भने ‘यदी फेसबुक वा अन्य अनलाइन कम्पनीहरू मानिसहरूको गोप्यतालाई जोगान सक्दैनन् भने हामी यस्तो गछौँ ।’

कतिपय सांसदले जुकरबर्गलाई सोधे कसरी तेश्रो पक्ष कम्पनीले फेसबुकबाट निजी सूचना पाए ? आर्थिक समितिका सभापति जान टुटेले सोधे ‘मिस्टर जकरबर्ग तपाइले एउटा यस्तो कम्पनी बनाउनुभयो जसमा सबैलाई गर्ब छ । तर तपाइले के गर्नु भयो ? कसैको निजी जानकारी सार्वजनिक गर्नु तपाईको जिम्मेवारीभित्र पर्छ ?’

जुकरबर्गको सफाई
अमेरिकी संसद्मा पेसीका दौरानमा जुकरबर्गले भने ‘ हाम्रो यो जिम्मेवारी हो की केवल टुल्स मात्रै नबनाआैँ, यो पनि आश्वस्त पारौँ की ती टुल्सको प्रयोग राम्रोका लागि होस् । यो प्रष्टै छ की हामीले यो टुल्सको प्रयोग गलत चिजमा प्रयोग हुनबाट रोक्न सकेनौँ । गलत काम रोक्न समयमै पर्याप्त काम हुन सकेन हामीले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सकेनौँ । यो ठूलो गल्ती हो र म माफी माग्छु । मैले फेसबुक सुरु गरेँ, म यसलाई चलाउँछु र यसमा जे हुन्छ त्यसको जिम्मेवारी पनि म लिन्छु ।’

प्रतिक्रिया