मोहम्मद् पैगम्बरकी वंशज हुन बेलायतकी महारानी !

लन्डन । सुन्दा आश्चर्य लाग्न सक्छ बेलायतकी महारानी एलिजावेथ द्वितीय इस्लामका संस्थापक मोहम्मद पैगम्बरकी वंशज हुन् । मोरक्कोको एउटा पत्रिकाले यो दाबी गरेपछि यो विषय चर्चाको शिखरमा छ । जबकी यस्तो दाबी गरिएको यो पहिलोपटक भने होइन । बेलायतको शाही परिवारका वंशावलीको ४३ पिढीको नक्सांकन गरिएपछि इतिहासकारहरूको दाबी छ कि एलिजावेथ द्वितीयको इस्लामको वंशजसँग सम्बन्ध छ ।

रिपोर्टअनुसार बेलायती महारानी साच्चै पैगम्बर मोहम्मदकी ४३औँ सन्तान हुन् ।  १९८६ मा शाही वंशावलीमाथि अध्ययन गर्ने संस्था वक्र्स पिरगेको प्रकाशन निर्देशक ह्यारल्ड बी बुक्स बेकरले यो दाबी गरेका हुन् । तर, अब मोरक्कोको एउटा पत्रिकाले मार्च महिनामा आफ्नो आलेखमा यस्तै दाबी गरेको छ । इतिहासकारका अनुसार एलिजावेथ द्वितीयको वल्र्डलाइन १४ शताब्दीका अर्ल अफ क्याम्ब्रिजसँग छ र यो मध्यकालीन मुस्लिम सपेनदेखि पैगम्बरकी छोरी फातिमासम्म जान्छ ।
फातिमा हजरत मोहम्मदकी छोरी थिइन् र उनका वंशज स्पेनका राजा थिए, जसको एलिजावेथसँग सम्बन्ध रहेको बताइन्छ । यसैकारण महारानी एलिजावेथलाई मोहम्मद पैगम्बरको वंशज मानिएको हो । थाहा हुनुपर्छ कि इस्लाम धर्मको सुरुआत स्पेनमा सन् ७११ मा अरबका बनी उमैय्याको शासनकालमा भएको थियो । त्यहाँ मुस्लिम शासन १४९२ सम्म रह्यो । वक्र्स पिरगेले आफ्नो दाबीमा भनेका थिए कि ‘महारानी मुस्लिम राजकुमारी जाइदाकी परिवारकी हुन् ।’

अलमोराविथले जब अब्बसी सलतनतमाथि हमला गरे तब जाइदा आफ्नो ज्यान बचाउन स्पेनका राजा किङ अल्फोसो छैटौँको दरबारमा पुगेकी थिइन् । त्यहाँ उनले इस्लाम धर्म अपनाएर र राजासँग विवाह गरी आफ्नो नाम परिवर्तन गरेर इसाबेला राखिन् । राजाबाट उनको एक छोराको जन्म भएको थियो जसको नाम साँचा थियो । थर्ल अर्ल अफ क्याम्ब्रिज रिचर्ड अफ क्यान्सवर्ग साँचाका वंशज थिए, जो इग्ल्यान्डका राजा एडबर्ड तृतीयका नाति थिए ।

जबकी यसबारे बकिंघम प्यालेसले भनेको छ, ‘हामी यस्ता किसिमका दाबीमाथि केही उत्तर दिन उचित ठान्दैनौँ ।’

प्रतिक्रिया