उत्तर कोरियाकी फस्र्ट लेडीलाई यस्तो सकस !

एजेन्सी
प्योङयाङ । उत्तरकोरियाका नेता किम जोंग उन क्रुरताका लागि प्रख्यात छन् । देशका जनता गरिबीमा बाँचेका भए पनि किम ऐसआराममा बसेका छन् । यति मात्र होइन मनलागी फैसला सुनाउने र विरोधीलाई कुल्चने उनको बानी बिख्यात छ । उनको कडा नियम देशका जनतालाई मात्र होइन आफ्नी पत्नीलाई पनि लगाइएको छ ।

पत्नी रि सोल–जूले यस्तो कडा नियमको पालना गर्नु पर्छ कि तपाई त्यसबारे सोच्न पनि लगाउन सक्नुहुन्छ । यिनीसँग उनकी पत्नी काँधमा काँध मिलाएर हिंडेको देखिन्छिन् तर त्यसका पछाडि धेरै कडाइ पनि छ जो देखिंदैन ।

रि सोल–जुलाई उसको पतिको आधुनिक र प्रगतिशील पक्षको प्रतिनिधित्व गर्नेमा मानिएको छ । त्यसकारण उनी आधुनिक देखिने खालका कपडा पनि लगाउँछिन्, तर किमकी बहिनीले परम्परागत पक्षको प्रतिनिधित्व गर्नुपर्छ ।

एक नेताकी पत्नी भएकाले ब्यस्तता कारण परिवारसँग भेटघाट नहुने त्यस्तो अवस्था उनको छैन । तर, उनको आधुनिक जीवनशैलीका कारण त्यस्तो भेटघाट र घुलमिल हुने अनुमति छैन । उत्तरकोरियाकी पहिली महिलाले हरेक समय सार्वजनिक पहुँच दिनु पर्दैन । उनले केवल विशेष अवस्थामा मात्र सार्वजनिक उपस्थिति जनाउने अनुमति छ । पहिली महिला र उनका बच्चाले गोप्य जीवन जिउनु पर्छ ।

उनको गतिविधि प्रतिबन्धित हुन्छ, त्यसकारण सामाजिक जीवन बाँच्न असम्भव जस्तै हुन्छ । कडा सुरक्षा व्यवस्थाका बीच उनको हरेक गतिविधिको निगरानी हुने भएकाले उनको कुनै पनि कुरा देखिंदैन । अन्य देशमा पहिलो महिलालाई शोक स्थलमा जाने अनुमति हुँदैन तर, यस विपरीत जूलाई शोकस्थलमा देखियो । उनी आफ्ना पतिका साथ हजुरबुवाको शोकस्थलमा देखिइन् ।

विवाहको तत्कालै बच्चा हुनु यहाँ अनिवार्यजस्तै बनाइएको छ । उनलाई विवाहको केही समयपछि नै बच्चा जन्माउन बाध्य बनाइयो । वैश परम्परालाई अघि बढाउन उनलाई छोरा जन्माउने दवाव कायम राखियो । यो एकदमै कडा नियम हो, जसलाई पालना गर्नु अनिवार्य मानिन्छ ।

उनको अघिल्ला जीवन लुकाइन्छ । उनको शिक्षा, विद्यार्थी जीवन, परिवारका बारेमा सबैलाई लुकाएर राखिएको छ । जब जू एउटी ब्याण्ड प्रस्तोता हुन भन्ने थाहा भयो तब उनको सिडी जलाइयो र प्रस्तुतीलाई डिलिट गरियो । केवल क्यारियर मात्र होइन रि सोल–जूले आफ्नो पतिका लागि आफ्नो निर्णय, जीवन, इच्छा, चाहना सबैथोक त्याग्नु प¥यो ।

प्रतिक्रिया