यहाँ २ सय वर्षअघि नै बन्थ्यो अफिम र वाइन

टोकियो । जापानका एक सामन्तले चिकित्सकीय उद्देश्यले अफिम र वाइनको उत्पादन १७औँ शताब्दीमै गराएका थिए । यस्तो मानिन्छ कि सन् १८७० को दशकमा ठूलो मात्रामा जापानी वाइन उत्पादन सुरु भएको थियो । तर, साँचो अर्थमा भने यो दुई सय वर्षअघि नै सुरु भएको थियो ।

अहिले आएर अनुसन्धानकर्ताहरूले जापानमा क्युस्युका १७औँ शताब्दीका सामन्त तोडातोसी होसोकवाले कोकुरा क्षेत्रमा सन् १६२७ मा वाइनको उत्पादन सुरु गरेका थिए । अनुसन्धानकर्ताले सामन्त होसोकवाले आफ्ना कामदार तोरोएमन युडालाई अंगुरबाट वाइन उत्पादन गरेर टोकियो पठाउन आदेश दिएका थिए ।

जापानको कुमामोटो विश्वविद्यालयका अनुसन्धानकर्ताले विस्तृत अध्ययन गर्दा यस्ता वाइन १६२७ देखि १६३० सम्म मात्र उत्पादन गरेर टोकियो पठाइएको तथ्य फेला पारेका छन् । यो क्रममा तारोइमोनको बढुवा पनि भएको थियो । अनुसन्धानकर्ताले वाइन बनाउने क्रममा त्यतिवेला अंगुरसँगै कालो सोयाबिन पनि मिसाउने गरिन्थ्यो ।

कालो सोयाबिन लेदो बनाउन सहज हुन्छ र यस्तो कालोसोयाबिनको लेदोले अंगुरको लेदो बनाउन सहयोग गर्छ । यसरी वाइन बनाइएको लेदोमा चिनीको मात्रा कम हुने बताइन्छ । होसोकवा परिवारले १६२९ मा अफिमको उत्पादन पनि सुरु गरेका थिए । अफिम नागासाकीबाट ल्याइन्थ्यो र यसको प्रयोग चिकित्सकीय उद्देश्यका लागि गरिन्यो भन्ने मानिएको छ ।

प्रतिक्रिया