३ अर्बको लगानीमा क्यान्सर हस्पिटल बन्ने

काठमाडौं । क्यान्सर रोगको उपचारलाई लक्षित गरेर निजी लगानीमा पूर्वाञ्चल क्यान्सर हस्पिटल निर्माण कार्यको सुरुआत भएको छ । स्थानीय व्यवसायी दुर्गा प्रसाईंको लगानीमा झापाको बिर्तामोड नगरपालिका–५ मा क्यान्सर हस्पिटल निर्माण सुरु गरिएको छ । अस्पतालको निर्माण गत माघदेखि सुरु भएको छ । हस्पिटल निर्माणमा ३ अर्ब रुपैयाँ लाग्ने भएको छ ।

आउदो असोज महिनादेखि सञ्चालनमा आउनेछ । हस्पिटल निर्माण कार्य दु्रत गतिमा अघि बढिरहेको छ । यो पूर्वाञ्चलकै पहिलो क्यान्सर हस्पिटल हो । क्यान्सर रोगबाट पीडितलाई स्थानीय क्षेत्रमै उपचार गर्ने लक्ष्यका साथ सम्पूर्ण सरकारी मापदण्ड पूरा गरी हस्पिटलको निर्माण गरिएको छ । हस्पिटल निर्माणसँगै पूर्वाञ्चलका क्यान्सर पीडितहरू उपचारका लागि भारत जाने गरेकोमा अब स्वदेशमा उपचार गराउन सक्छन् ।

यस अस्पतालमा ३ सय वेडको संख्या रहनेछ । हस्पिटलमा चिकित्सकलगायत अन्य प्राविधिक गरी ७ सय जनाले रोजगारी पाउन सक्छन् । ओपिटीमा मात्रै दैनिक हजार जना सेवाग्राहीलाई सेवा प्रदान गर्ने अस्पतालको लक्ष्य रहेको छ । हस्पिटलबाट क्यान्सर उपचारका लागि रेडिएसन, केमोलगायत क्यान्सर सम्बन्धित सम्पूर्ण उपचार हुनेछ ।

प्रतिक्रिया