मलाला गृहनगरमा

मिंगोरा । महिला शिक्षाका लागि गरेको योगदानबापत नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी प्रसिद्ध अधिकारकर्मी मलाला युसुफजाई शनिबार पाँच वर्षपछि आफ्नो गृहनगर स्वेट उपत्यका पुगेकी छन् । महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई १७ वर्षको उमेरमै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनी सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउन सफल व्यक्ति हुन् । मलालासहित गृहनगर पुगेपछि उनका आमाबाबु तथा दुई भाइले सेनाको कडा सुरक्षा घेरामा बसी खुसी साटेका थिए ।

उनले आफन्त तथा छिमेकीसँग लामो समयपछि भेट गरेकोे पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । सेनाको हेलिकोप्टरमा इस्लामावादबाट उत्तर–पश्चिमी क्षेत्र मिंगोरामा केही समय बसेपछि शनिबारै १३ किलोमिटर टाढा रहेको उनको विद्यालय स्वेट क्याडेट कलेज गुली वागमा पुगेर सन् २०१२ को अक्टोबर ९ सम्म सँगै अध्ययन गरेको सबै केटासाथीसँग पनि भेटेकी छन् । मलालामाथि आठ वर्ष पहिले तालिवान समर्थक एक व्यक्ति उनको स्कुल बसमा चढी ‘मलाला भन्ने केटी को हो ?’

भन्दै टाउकोमा गोली हानेको र उनलाई तत्कालै सेनाको सहयोगमा अस्पताल लगी उपचार गरिएको थियो । चामत्कारिक रूपमा उनको उपचारमा सफलता मिलेकाले बचाउन सकिएको थियो । बिहीबार आँखाभरि आँसु पार्दै हाल बेलायतको अक्सफोर्ड विद्यालयमा अध्ययन गरिरहेको भए पनि स्वदेशमा फर्केर सेवा गर्ने इच्छा रहेको बताउँदै अध्ययन पूरा गरेपछि स्थायी रूपमा स्वदेशमा नै रहेर काम गर्ने बताएको पाकिस्तानी टेलिभिजनमार्फत प्रसारित भाषणमा उनले नै बताएकी थिइन् ।
मलालाको विश्वभर प्रशंसा गरिए पनि उनका घरेलु आलोचकले भने उनी पश्चिमाहरूको दलाल बनेर आएको भन्दै यसबाट पाकिस्तानको शिर झुकेको बताउने गर्छन् । यसैले, उनी रुढीवादी तालिवान लगायतका समूहको निसाना बन्दै आएकी छन् ।पर्यटकका लागि सुन्दर, सफा हिमालयन दृश्य रहेको उक्त क्षेत्रमा सन् २००७ देखि पाकिस्तानी तालिवान समूहको आधार इलाका बनाइएको थियो ।

तर, उनीहरूको बर्बर, पासविक तथा कपटी शासनका कारण अपार पर्यटकीय सम्भावना रहे पनि सुरक्षाको दृष्टिकोणले यहाँ पर्यटक आउन भने समस्या हुने गरेको छ ।सन् २००९ मा सेनाले तालिवान लडाकुलाई यस क्षेत्रबाट धपाएको भए पनि यदाकदा उनीहरूले गाउँलेमाथि देखाउने दुव्र्यवहारका कारण सरकारले उक्त क्षेत्रमा पर्यटकलाई नजान सल्लाह दिने गरेको छ ।

प्रतिक्रिया