पञ्जाब । पाकिस्तानमा बदलाको एउटा यस्तो घटना सार्वजनिक भएको छ जसलाई सुनेर मानिस अचम्ममा परेका छन् । पञ्जाब प्रान्तमा प्रहरीले १२ यस्ता मानिसलाई पक्राउ गरेको छ जसले बलात्कारबाट माफ पाउन पीडित महिलाका दाजुलाई आफ्नो बहिनी सुम्पेका थिए । ‘डन’ न्युजका अनुसार एक व्यक्तिले टोवा टेक सिंह जिल्लामा एक महिलालाई बलात्कार गरे ।
पीडक पक्षका परिवारले पीडित पक्षका परिवारसँग माफ मागे । तर, अचम्मको कुरा के भने पीडित परिवारले माफ दिन त माने तर, एउटा सर्त तेस्र्याए । सर्त के थियो भने पीडित महिलाका दाजुले पीडक पुरुषकी बहिनीलाई त्यही कृत्य गर्नेछन् जुन उसको बहिनीलाई गरिएको थियो । यो सर्त दुवै परिवारले मन्जुर गरे र २१ मार्चका दिन बलात्कारी पुरुषका बहिनीलाई पीडित महिलाका दाजुले बलात्कार गरे ।
यो कुरा तब सार्वजनिक भयो जब प्रहरीले दुवै पक्षले एकअर्काविरुद्ध उजुरवाजुर नगर्ने कागजमा हस्ताक्षर गरी एक पक्षले अर्को पक्षलाई दिएको फेला पार्यो । प्रहरीले माथिल्ला निकायमा सबैकुरा बताएपछि माथिकै आदेशमा यसमा संलग्न दुवै पक्षका गरी १२ जनालाई गिरफ्तार गरेको छ । समाचारअनुसार पञ्जाब प्रान्तमा परिवारजनको सहमतिमै बलात्कारको बदलामा बलात्कार भएको यो दोस्रो घटना हो ।
गत वर्ष पनि गाउँको एक पञ्चायतले १६ वर्षीया एक किशोरीलाई बलात्कार गर्ने अनुमति दिइएको थियो, किनभने उसको दाजुले एक १२ वर्षीयालाई बलात्कार गरेको थियो । पीडितका परिवार र पञ्चायत गर्ने गाउँका भलादमी भनाउँदा ४० जनाको अघिल्तिरै यो बलात्कार गराइएको थियो ।
प्रतिक्रिया