मुसाका कारण महाराष्ट्रमा बबाल

एजेन्सी
नयाँ दिल्ली । भारतको महाराष्ट्रमा मुसाका विषयलाई लिएर राज्य सरकारले आलोचना खेप्नु परिरहेको छ । तपाईंलाई पनि आफ्नो घरमा कहिले न कहिले मुसाले हैरान बनाएको हुनुपर्छ । हुन पनि किन नपरोस ! मुसाले यतिको नोक्सान पु¥याउँछ की जसको बारेमा तपाईंले सोचेकै हुँदैन । आफ्नो आराजस्तो तिखा दाँतले मुसाले काठलाई पनि चिथोर्छ ।

मुसाले महाराष्ट्रको विधानसभा भवन मन्त्रालयमा पनि हंगामा मच्चाएको छ । तर, यो हंगामा मुसाका विषयमा होइन्, मुसा समात्ने र मार्ने विषयमा मच्चिएको हो । हिन्दी उखान ‘खोदा पहाड, निकला चुहा’ भन्ने त सुन्नुभएकै होला, तर त्यही (चुहा) मुसाका कारण भएको भ्रष्टाचारले महाराष्ट्रमा यतिखेर ब्यानर समाचार बनाएका छन् ।

एकजना वरिष्ठ भारतीय जनता पार्टीका विधायक एवं पूर्वमन्त्री एकनाथ खड्सेले बिहीबार सुरु भएको विधानसभा सत्रमा एउटा सनसनी खुलासा गरे । यी भाजपा नेताले एउटा दस्तावेजका आधारमा भने ‘सामान्य प्रशासन विभागले प्रतिमिनेट ३१ मुसा मा¥यो ।’ जानकारी होस् यो विभाग मुख्यमन्त्री देवेन्द्र फडणवीस आफैँ सम्हाल्छन् । उनले विभागमाथि मुसा मार्ने सम्बन्धमा टेण्डर जारी गर्दा भ्रष्टाचार भएको आरोप लगाए ।

खड्सेले विधानसभामा भाषण दिँदै भने ‘बिएमसीले दुई वर्षमा मात्र ६ लाख मुसा मा¥यो, तर जुन कम्पनीले मन्त्रालयबाट मुसा मार्ने ठेक्का पायो, उसले मात्रै एक सातामा ३ लाख १९ हजार ४ सय मुसाको सफाया ग¥यो । के यो सम्भव छ ?’ उनले भने ‘बिल, भर्पाइ र सुपरभाइजरी किताबका अनुसार मात्र सात दिनमा यत्रो ठूलो काम भयो । यो तथ्यांकलाई हेर्ने हो भने प्रतिदिन ४५ हजार ६ सय २९ मुसा मारिए । अर्थात प्रतिघण्टा १ हजार ९ सय १० मुसा मारिए, अर्थात् प्रति मिनेट कम्पनीले ३२ मुसाको सफाया गरी दियो । यसप्रकार मारिएका मुसाको जम्मा तौल ९ दशमलव १२ टन हुन्छ, के सरकार भन्न सक्छ यति ठूलो संख्यामा मारिएका मुसालाई कहाँ फालिएको छ ?’

खड्से यही रोकिएनन् । उनले भने ‘टेन्डरमा यो कामका लागि ६ महिनाको समय निर्धारण गरिएको छ । जबकी वर्क अर्डरमा यो मात्र दुई महिनाको छ । टेन्डर र कार्य आदेशमा यत्रो अन्तर किन ?’ उनले पुरै टेन्डर प्रक्रियाको जाँच हुनुपर्ने माग गरे । एकनाथ खडसेले जसरी सरकारमाथि सनसनीखेज आरोप लगाए, यसले सरकारलाई हैरानीमा पारेको छ ।

यो आरोपको एक दिनपछि २३ मार्चमा भाजपाका अर्का विधानसभा सदस्य राम कदम आफ्नो स्थानबाट उठे । उनले तथ्यांकलाई बुझ्ने खडसेको एउटा भुलतर्फ इशारा गरे । कदमले भने ‘ ३ लाख १९ हजार ४ सय मुसा मारिए, अर्थात मुसा मार्न यति ठूलो मात्रामा ट्याब्लेटको प्रयोग गरियो । कति मुसा मरे यो गणना गर्ने कुनै मेसिन छैन । मान्छे त्यत्तिकै आरोप लगाउँछन् प्रतिदिन ४५ हजार मुसा मरे, जुन गलत छ ।’

आफ्नै नेता एकनाग खड्सेको आरोपले आहत भएको महाराष्ट्र सरकारका सचिवले भने ‘विभागले सन् २०१६ मा मन्त्रालय र उसको एनेक्सी भवनमा मुसा मार्न यो नियन्त्रण गर्न दुई टेन्डर आह्वान गरेको थियो । यो टेन्डरमार्फत मुसा मार्ने ३ लाख १९ हजार ४ सय विषका ट्याब्लेट खरिद गरियो, यो मुसाको संख्या होइन् । सचिवले प्रष्ट पारे की प्रति ट्याब्लेट साढे एक रुपैयाँ खर्च भएको छ , अर्थात् पुरै टेन्डरमा ४ लाख ७९ हजार १ सय रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया