अमेरिकाद्वारा मानवअधिकार परिषद् छोड्ने धम्की

एजेन्सी
जेनेभा । यहाँस्थित संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्द्वारा इजरायलविरुद्ध ५ आलोचना प्रस्ताव पारित गरिएपछि अमेरिकाले शनिबार आफ्नो धैर्य गुम्दै गएको बताएको छ । उसले मानव अधिकार परिषद् छाड्ने धम्की दिएको छ । राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीले भनिन् ‘इजरायलविरुद्ध परिषद्को रवैया पक्षपातपूर्ण छ, जबकि यो संगठनले उत्तर कोरिया, इरान र सिरियाविरुद्ध मात्र तीन प्रस्ताव पारित गरेको छ ।’

उनले भनिन् ‘हाम्रो धैर्य असिमित छैन । आजको कदमले प्रष्ट पारेको छ कि यो संगठनले आफ्नो साख गुमाएको छ । जसले मानव अधिकारको सच्चा हिमायती हुनुपथ्र्यो ।’ अमेरिकाले गत वर्षदेखि नै यो ४७ सदस्यीय परिषद्बाट निस्कने धम्की दिदैँ आएको छ । सन् २००६ मा मानव अधिकारलाई संरक्षण र प्रवद्र्धन गर्न यो परिषद्को स्थापना भएको थियो ।

यो संगठनमा सहभागी इस्लामिक सहयोग संगठनका देशहरूका सदस्य देशहरूले‘आइटम ७’ मार्फत यी पाँच प्रस्ताव पेस गरेका थिए, जो इजरायलका लागि चिन्ताजनक रहेको छ ।

प्रतिक्रिया